नागरिक तहबाटै समृद्धि यात्रा सुरु हुनुपर्छ : सांसद लिम्बू
अहिले मुलुकको अर्थतन्त्र र आर्थिक वृद्धिदर कमजोर अवस्थामा रहेको सबैलाई राम्रैसँग थाहा छ । कर र राजस्वले लक्ष्य हासिल गर्न सकेको छैन । आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटको सीमा र आकार घटाउन लागिएको छ ।
मिटरब्याजीहरु तानासाही प्रवृत्ति देखाए : सांसद चौधरी
नेकपा (एमाले) का सांसद भगवती चौधरीले मिटरब्याजीहरु तानासाही प्रवृत्ति देखाएको बताउनुभएको छ ।
मिलापत्र गर्न सकिने विषय फितलो भयो : सांसद चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले मिलापत्र गर्न सकिने कुरालाई फितलो रूपमा विधेयकमा प्रस्तुत गरिएको बताउनुभएको छ ।
एकै व्यक्ति वा समूहमा वित्तीय संस्था रहँदा अर्थतन्त्र समस्यामा : सचिव विष्ट
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले एकै व्यक्ति वा समूहको बैङ्क वित्तीय संस्थामा स्वामित्व र व्यवसायी हुँदा अर्थतन्त्र धराशायी बनेको बताउनुभएको छ ।
मुलुकको अर्थतन्त्र सङ्कटमुक्त भएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी स्रोत बढाउन सरकारले खासगरी राजस्व प्रशासनमा थप सुधार गर्ने र विदेशी सहायताको परिचालन बढाउनेतर्फ विशेष पहल गरेको बताउनुभएको छ ।
भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्छ : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न नेताहरूलाई सफाइ दिन नहुने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले सो कुरा बताउनुभएको हो ।
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्ययन गरी आवश्यक कारबाही गरिने बताउनुभएको छ ।
चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन गुरुयोजना संशोधन गरिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको रुपमा सञ्चालन भइरहेको चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्रीसँग प्रश्नोत्तर (प्रत्यक्ष प्रशारण)
प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर हुने छ ।
चुनाव हारेकाहरु राष्ट्रिय सभामा आउँदा सभाको औचित्यमाथि प्रश्न उठ्यो: सभापति दिलकुमारी रावल
फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सांसदको कार्यकाल सकिँदैछ । उनीहरुमध्ये १९ स्थानमा नयाँ सांसदहरु पनि निर्वाचित भइसकेका छन् । बाँकी एक जना भने राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम सभाका सदस्यको पदावधि सकिनु ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । सोहीअनुसार माघ ११ गते नै निर्वाचन सकिसकेको छ । पदावधि सकिँदै गर्दा पूरा ६ वर्षे कार्यकाल काम गर्नुभएका राष्ट्रिय सभा सदस्य एवं राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) सँग गरिएको कुराकानी गरेको छ ।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर हुने संसद् सचिवालयले कार्यसूचीमा उल्लेख गरेको छ ।
विधेयकहरु पारित गर्न निरन्तर छलफलमा छौँ: नेता बलायर
सङ्घीय संसद्को चालु अधिवेशनमा कानुन निर्माण प्रक्रियालाई चुस्त र नतिजामुखी तुल्याउन सरकार, सिङ्गो संसद्, राजनीतिक दल र संसद्कै कार्यव्यवस्था परामर्श समितिले क्यालेन्डर बनाएर काम गरिरहेको छ । सोहीअनुरुप अहिले संसदीय समितिहरूले आफ्नो जिम्मेवारीमा आएका विधेयकलाई तदारुकताका साथ संशोधन र दफाबार छलफलका माध्यमबाट समृद्ध तुल्याउने काम भइरहेको कांग्रेसका नेता वीरबहादुर बलायर बताउनुभयो ।
फरक ढङ्गले काम नगरेसम्म फरक परिणामको आस गर्न सकिँदैन: सांसद डा. कार्की
संसदीय अभ्यासको अहिलेसम्मको समीक्षा गर्दा पुरानै शैलीले हामीले काम गर्ने हो भने नयाँ परिणामको अपेक्षा गर्न सकिन्न । त्यही भएर अहिले हामीले फरक परिणामको अपेक्षासहित फरक ढङ्गले काम गर्न आवश्यक छ ।
देशमै रोजगारी सृजना गरेर युवा पलायन रोक्नुको विकल्प छैनः सांसद शर्मा
संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेको राजनीतिक स्वतन्त्रता र समानता नै हो । जनताले आफ्नो एक अमूल्य भोट हालेर सरकारको निर्माण गरेको हुन्छ । जनताप्रति उत्तरदायी हुने जुन प्रणाली छ, त्यो लोकतन्त्रको सुन्दर पक्ष हो ।
दुई संसदीय समितिको बैठक बस्दै
सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा विद्यमान राजश्व संकलन र चुहावटको स्थिति र भन्सार कार्यालयहरुमा रहेका समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनुका साथै सोह्रौं पञ्चवर्षिय योजनाको मस्यौदा सम्बन्धमा छलफल हुनेछ ।
ताप्लेजुङका जनताको घरघरमा खानेपानी पु-याउने धोको छ : सांसद थेवे
जनताका घरघरमा खानेपानी पु-याउने मलाई धोको छ । एक नगरपालिका र आठवटा गाउँपालिका रहेको यस जिल्लाका धेरै स्थानमा अहिले पनि सहज खानेपानीको सुविधा छैन ।
सरकार र संसद्को काम गर्ने तौरतरिका पुरानै ढाँचाको भयो : सांसद पूर्णबहादुर घर्ती
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानको परिधिभित्र रहेर सबै जिम्मेवार पक्ष एकताबद्ध हुन जरुरी छ ।
मुलुकको स्थायित्व र विकासका लागि कार्यकारी राष्ट्रपति आवश्यक छ : सांसद महेन्द्रबहादुर शाही
मुलुकको राजनीतिक प्रणालीका विषयमा नेकपा (माओवादी केन्द्र)ले संविधान लेखनका क्रममा आफ्नो दृष्टिकोण स्पष्ट गरेको थियो । अर्थात् मुलुकको स्थायित्व र विकासका लागि माओवादीले अघि सारेको कार्यकारी राष्ट्रपतिको व्यवस्था सही रहेको विषय अहिले पुष्टि हुँदै गएको छ ।
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
राष्ट्रियसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ पारित भएको छ । सभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।
राष्ट्रिय सभा बैठक : देशभित्रै रोजगारी सृजना गर्न सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभाका सांसदहरूले नेपाली नागरिक विदेश पलायन हुनबाट रोक्न देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक स्वीकृत
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्ग्याओस्ः सांसद गैरे
नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठक(प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभा बैठक सुरू भएको छ ।
संविधानको कार्यान्वयन र रक्षाका लागि प्रमुख शक्ति मिल्नुपर्छ : सांसद मानवीर राई
अब निराशा होइन, उत्साहित भई समृद्धिका यात्रामा अघि बढ्न आवश्यक छ । म पहिलो पटक प्रतिनिधिसभामा १५ महिनाअघि निर्वाचित भएर आएको थिएँ ।