गण्डकी प्रदेशसभाको अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभाको अधिवेशन बुधबार दिउँसो २ बजेबाट सुरु हुँदै छ । गण्डकीको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन ६ गते अधिवेशन आह्वान गर्नुभएको थियो ।
पश्चगामी शक्ति हाबी हुँदैछन्, जनभावना बुझेर काम गरौँ : सांसद हरिराम चौधरी
राष्ट्रियसभामा छवर्षे कार्यकाल मेरो पहिलो हो । पछिल्ला समय राष्ट्रियसभामा प्रतिनिधित्व र यसको औचित्यका बारेमा बहस भइरहेका छन् । कतिपय जानकारले संसदीय व्यवस्थामा राष्ट्रियसभा जनप्रतिनिधिको एक अविच्छिन्न सर्वोच्च संस्थाको रूपमा महत्त्वपूर्ण हुन्छ भनेर व्याख्या गरेका छन् ।
रोकिएका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सुशासनसम्बन्धी कानुनको तत्काल पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।
‘दातृ निकायको सुझावका आधारमा नै सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधनको प्रक्रियामा’
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अवैध कारोबारलाई रोक्न सम्पत्ति शुद्धीकरण (मनी लाण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरिएको बताउनुभएको छ ।
‘विश्वविद्यालय थप्ने कि भएकालाई राम्रो बनाउने ?’
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा नयाँ विश्वविद्यालय थप्दै जाने कि भएका विश्वविद्यालयलाई गुणस्तरीय र व्यवस्थित बनाउने भन्नेमा सांसदहरूबिच मतान्तर देखिएको छ ।
कृषिलाई प्राथमिकता नदिएसम्म देश बन्दैन : सांसद प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई अर्थतन्त्रको खम्बाका रूपमा रहेको कृषिलाई प्राथमिकता नदिए देश बन्दैन भन्ने लाग्छ ।
मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितलाई न्याय दिने काम भइरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभामा फागुन १७ देखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।
अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
प्रतिनिधि सभामा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेस भएको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।
शान्ति प्रक्रियाका काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्छ : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्ने बताउनुभएको छ ।
बजेट कार्यान्वयन फितलो हुँदा जनपेक्षाअनुसार विकास भएन : सांसद राणा
नेपाली कांग्रेस सांसद डा.आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो ।
मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढ्यो : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताउनुभएको छ ।सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै उहाँले सो दाबी गर्नुभएको हो ।
संसद् आरोप प्रत्यारोपमै सीमित बन्याे : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् आरोप प्रत्यारोपमै सीमित बनेको बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा केन्द्रित हुँदा संसदमा गहन विषयमा छलफल हुन नपाएको गुनासो गर्नुभयो ।
प्रतिनिधि सभा बैठक : बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
प्रतिनिधि सभाका सांसदहरूले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस
विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सङ्घीय संसद्, राष्ट्रिय सभा समक्ष पेस गरिएको छ ।
प्रतिनिधि सभाको दोस्रो बैठक (प्रत्यक्ष प्रसारण)
१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ ।
आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषयमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ ।
विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप भयो : सांसद रावल
राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले विश्वविद्यालयभित्र राजनीतिक हस्तक्षेप भइरहेको बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
कानुन र विकास निर्माणका कार्यलाई सँगै लैजानुपर्ने बाध्यता सांसदसँग छ : सांसद चौधरी
सङ्घीय संसद्लाई गतिशील तुल्याउने र बिजनेस दिने प्रमुख जिम्मेवारी सरकारको हो । तर यहाँ प्रतिपक्षले सदन चल्न दिएन भनेर उल्टै आरोप लगाउने चलन छ । प्रतिपक्षको प्रमुख जिम्मेवारी भनेको सरकारका कामको निगरानी गर्ने, सचेत गराउने र सुझाव दिने हो ।
राजनीतिक दलसम्बन्धी विधेयक संसदमा प्रस्तुत
प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गर्नुभएको छ ।
पार्टीलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु कांग्रेसको दायित्व : नेता सिटौला
नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताउनुभएको छ ।
सरकारले सांसदको सुझावका आधारमा बजेट व्यवस्था गर्नुपर्छ : सांसद घिमिरे
नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सांसदहरूले दिएको सुझावको आधारमा बजेट बनाउन सरकारलाई दबाब दिनुभएको छ ।