काठमाडौं, फागुन १४ गते । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
सोमबार बिहान ११ बजे बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
सभामुखले देवराज घिमिरेले आजको संसद् बैठकको कार्यसूची महत्त्वपूर्ण भएको भन्दै सांसदहरुलाई पटक–पटक बस्न आग्रह गर्नुभएको थियो ।
पटक–पटकको आग्रहपछि पनि अवरोध नहटेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।