• ९ पुस २०८१, मङ्गलबार

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप भयो : सांसद रावल

blog

राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल।

काठमाडौं, फागुन १४ गते । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले विश्वविद्यालयभित्र राजनीतिक हस्तक्षेप भइरहेको बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सदस्य रावलले गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको सङ्ख्या भन्दै सरकारले त्यसमा आवश्यक ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई प्राज्ञिक मर्यादा कायम राख्न नसकेको जानकारी दिनुभयो । उहाँले विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढीकरण गर्न ढिला भइसकेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पछिल्लो समय गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको सङ्ख्या बढिरहेको छ । चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई प्राज्ञिक मर्यादा कायम राख्न सकेकाे देखिँदैन । विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप देखिन्छ । त्यसैले विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढीकरण गर्न ढिलाे भइसकेको छ ।’’

उहाँले विश्वविद्यालयको प्रभावकारी व्यवस्थापनमार्फत पनि विद्यार्थीहरुलाई स्वदेशमै रोक्न सकिने बताउनुभयो ।