• ९ पुस २०८१, मङ्गलबार

विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

blog

राष्ट्रिय सभाको सोमबार संघीय संसद भवन बानेश्वरमा बसेको बैठक । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौं, फागुन १४ गते । विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सङ्घीय संसद्, राष्ट्रिय सभा समक्ष पेस गरिएको छ ।

सोमबार बसेको बैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेस गर्दै प्रतिवेदनबारे सभालाई जानकारी गराउनुभएको थियो । सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ वटा बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभयो । रासस