• ९ पुस २०८१, मङ्गलबार

बजेट कार्यान्वयन फितलो हुँदा जनपेक्षाअनुसार विकास भएन : सांसद राणा

blog

नेपाली कांग्रेस सांसद डा.आरजु राणा देउवा ।

काठमाडौं, फागुन १४ गते । नेपाली कांग्रेस सांसद डा.आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो ।

उहाँले बजेट दिनका लागि सांसदहरू हानाथाप गर्ने तर कार्यान्वयनको पक्ष फितलो हुँदा नागरिकले खोजेको विकास पाउन नसकेको बताउनु भयो । उहाँले सरकारले बजेट कसरी खर्च गर्ने ? र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

‘‘कात्तिकको १५ गते कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई दुग्ध किसानको पेमेण्ट गर्न निर्देशन पठाएको थियो । अहिले कहाँ पुग्यो भनेर सभामुखमार्फत सरकारलाई ताकेता गरिदिन आग्रह गर्दछु । आज हामी प्रि बजेटको छलफल गर्न गइरहेका छौँ, बजेटको लागि हामी सबै सांसदहरू हानाथाप गर्दछौँ ।,’’ सांसद राणाले भन्नुभयो, ‘‘मेरो क्षेत्रमा हालिदिनुस् भनेर तर दुई तीन दिन अघिको हेडलाइनमा १५ देखि २० प्रतिशत मात्रै प्रदेशमा बजेटहरू स्पेन्ट भयो भनेर । कार्यान्वयन पक्ष यति कमजोर छ, जति नै बजेट लगेपनि जनताले आफ्नो अपेक्षाअनुसार विकास पाइरहेको छैन । नेपाल सरकारले बजेट कसरी खर्च गर्ने ? र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।’’

उहाँले कात्तिक १५ गते कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई दुग्ध किसानको भुक्तानी गर्न दिएको निर्देशन कहाँ पुग्यो ? भन्दै प्रश्न गर्नुभयो ।