सदनको एकवर्षे उपलब्धिबाट सन्तुष्ट हुन सकिएन : सांसद बैरागी
नेकपा (एमाले)का नेता दामोदर पौडेल ‘बैरागी’ले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैको काम आफूले गर्न खोजेको आरोप लगाउनुभएको छ ।
सांसदले आफ्नो दायित्व बोध गर्न सकेका छैनन् : दाहाल
“सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन । सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन”, रासससँग सांसद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का युवा सांसद लेखनाथ दाहाल (राजन)ले भन्नुभयो, “यसकारण गएको एक वर्षमा सापेक्षिक भूमिका त निर्वाह गरियो, तर जनताको अपेक्षाअनुसार भएनन् ।”
दुई संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दैछ ।
जनप्रतिनिधिले ‘दलभन्दा ठूला जनता हुन्’ भन्ने कुरालाई बिर्सनु हुँदैन : सांसद कार्की
प्रतिनिधिसभा सदस्य डा. चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताउनुभएको छ । सांसदसँग रासस संवादका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा कार्कीले देश र जनताको हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनसक्नुपर्छ भन्नुभयो ।
संसद्लाई प्रभावकारी र परिणाममुखी बनाउनु पर्छ : साह
लियो चुनावी दलीय गठबन्धनलाई पाखा लगाउँदै स्वतन्त्र उम्मेदवारका हैसियतले प्रतिनिधिसभा सदस्य चुनावको नतिजा आफ्ना पक्षमा पार्न सफल किरणकुमार साह संसद्को पहिलो बैठकमा बेग्लै पहिचान स्थापित गरी चर्चामा आउनुभयो ।
संविधानले उपलब्ध गराएका अधिकार जनताले महसुस गर्न पाउनुपर्छ : उपसभामुख
उपसभामुख इन्दिरा रानाले संविधानले दिएको अधिकारहरू जनताले महसुस गर्न पाउनुपर्ने बताउनुभएको छ ।
सङ्घीय संसद्लाई माग गरेजति नै बजेट दिनुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा सङ्घीय संसद्ले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ ।
सङ्घीय संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार सङ्घीय संसद् सचिवालयद्वारा १७ औँ सङ्घीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।
मनाइयो सङ्घीय संसद् सेवा दिवस
वि.सं २०५८ मा निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा सङ्घीय संसद् सचिवालयले आज सङ्घीय संसद् सेवा दिवस मनाएको छ ।
जनताको जीवनस्तरमा सुधार ल्याउनै पर्छ : सांसद श्रेष्ठ
प्रतिनिधिसभाका सदस्य भैरवसुन्दर श्रेष्ठलाई मुलुकमा सुशासन कामय, विकास र पूर्वाधारमा ध्यान दिएर जनताको जीवनस्तरमा सुधार गर्न नसकेको महसुस भएको छ । जनता अनेक खालका पीडामा छट्पटाइरहेको अवस्थामा सत्ता सञ्चालन गर्नुपर्नेको ध्यान पीडितको मागतर्फ पुग्न नसकेको उहाँको अनुभव छ ।
संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताउनुभएको छ ।
संविधान खराब भन्ने नकारात्मक भाष्य निर्माण नगरौँ : सांसद पन्थ
“कुनै विषयमा सरकार कमजोर हुनेबित्तिकै संविधान र व्यवस्था नै ठिक छैन भन्ने प्रवृत्ति देखिएको छ । ‘सडक भत्कियो भने पनि संविधान खराब भन्ने’, देश नै खत्तम छ भन्ने भाष्य निर्माण हुँदैछ, नकारात्मक भाष्य निर्माण गर्न हुँदैन”, राष्ट्रियसभाका युवा सांसद प्रकाश पन्थले रासससँगको संवादमा भन्नुभयो ।
संसदमा कानुन बनाउनेतिर कसैलाई चिन्तै छैन : नेता मिश्र
नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले सरकारले आवश्यकताअनुसार बिजनेस दिन नसकेको र संसदमा पनि कानुन बनाउनेतिर कसैलाई चिन्ता नभएका कारण सङ्घीय संसद्ले अपेक्षाअनुसार कानुन बनाउन नसकेको बताउनुभएको छ ।
युवालाई उत्साहित तुल्याउन प्रतिनिधि सभा र राष्ट्रिय सभाबिच मैत्रीपूर्ण फुटसल : सभामुख
संसद् सेवा दिवसको अवसरमा आज मैत्रीपूर्ण फुटसल भएको छ । मङ्गलबार काठमाडौँमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल भएको हो ।
संसदका महासचिव गौतमद्वारा पदबाट राजीनामा
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिनुभएको छ ।
कानुन निर्माणमै केहीको पहुँच र प्रभाव देखिन्छ : नेता लुवार
ठकुरी समुदायको बाहुल्य रहेको कालीकोटको रास्कोटमा तत्कालीन पञ्चायती व्यवस्थामा निर्वाचित प्रधानपञ्च नरपति लुवार अहिले समाजका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त प्रबुद्ध समूहको प्रतिनिधित्व रहने राष्ट्रियसभा सदस्य हुनुहुन्छ ।
कानुन निर्माणमा सदन होइन, सरकार असफल : सांसद रायमाझी
राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझीले सरकारले संसदीय समितिको निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आएको गुनासो गर्नुभएको छ ।
संसद्ले संवैधानिक आयोगसँग सहकार्य गर्दै आएको छ: सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले नेपालको संसद्ले मानवअधिकार आयोगसहितका संवैधानिक आयोग तथा जागरुक नागरिक समाजसँग मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सहकार्य र समन्वय गर्दै आएको बताउनुभएको छ ।
सांसदलाई प्रशिक्षण दिएर संसद्मा पठाउनुपर्छ : पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सबै राजनीतिक दलले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसद्मा पठाउनुपर्ने बताउनुभएको छ ।
समितिले एनसेल शेयर खरिद प्रकरणबारे प्रधानमन्त्रीसँग जानकारी लिने
राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ ।
जनताका समस्या र चाहनाको सूची तयार गरौँ : नेत्री गुरुङ
नेकपा (एमाले)की नेत्री दीपा गुरुङ राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा रहँदा मुुुलुकको राजनीतिक तथा अन्य अवस्थालाई नजिकबाट अवलोकन र मूल्याङ्कन गर्न पाइएको अनुभव सुनाउनुहुन्छ ।
एनसेलको शेयर खरिदबिक्री प्रकरणको अनुसन्धान गर्नैपर्छ : सभामुख
सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताउनुभएको छ ।
कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्ने
छ वर्षअघि निकै उत्साहका साथ राष्ट्रियसभा सदस्यको जिम्मेवारी सम्हालिरहँदा सांसद डा. विमला राई पौड्याललाई कानुन निर्माण र जनताका आवाज सम्बोधनमा केही गर्न सकिन्छ भन्ने लागेको थियो ।
कोशी प्रदेश सभा बैठक
कोशी प्रदेश सभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ ।