• १६ भदौ २०८१, आइतबार

नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउन राप्रपा अध्यक्ष लिङ्देनको आह्वान

blog

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै । तस्बिर : रासस

काठमाडौं, फागुन २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा दलीय आधारमा धारणा राख्दै उहाँले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान गर्नुभयो ।

“मिटरब्याजी पीडित, लघुवित्त पीडित, दुग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्छ”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “प्रतिपक्षी दलले उठाएका प्रश्नको ठोस् जवाफ सरकारले दिनुपर्छ ।” रासस