• १० जेठ २०८१, बिहिबार

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज मनोनयन दर्ता

blog

काठमाडौँ, फागुन २८ गते । राष्ट्रिय भसा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ता आज बिहान ११ बजेबाट दिउँसो १ बजेसम्मका लागि तोकिएको छ । 

सङ्घीय संसद् सचिवालयकाअनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नारायण दाहाल र नेपाली काँग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।