• ५ जेठ २०८१, शनिबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौँ, फागुन २४ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार बिहानबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची रहेको छ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीले बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदले शून्य र विशेष समयमा उठाएका प्रश्नहरुको जवाफ दिँदै हुनुहुन्छ ।

यही फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरुमा जवाफ दिन सरकारलाई फागुन २१ गतेको दिन नै तोकेर रुलिङ गर्नुभएको थियो । फागुन २१ गते स्थगित भएको बैठक बिहीबार बसेको हो ।