‘सुशासनको सवालमा कुनै सम्झौता हुन्न’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधि सभा बैठक : प्रधानमन्त्रीकाे जवाफ
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बिहानबाट बैठक सुरु भएको हो ।
‘दोलखाका जनताको जीवनस्तर उकास्न लाग्नेछु’
काठमाडौँ, चैत ६ गते । राष्ट्रियसभा सदस्य भएर देशको सेवा गर्ने अवसर भर्खरै प्राप्त भएको छ । खुसी लागेको छ । जिम्मेवारीवोध पनि भएको छ । दोलखा प्राकृतिक हिसाबले निकै सुन्दर जिल्ला हो । त्यस ठाउँको विकास गर्नुपर्ने मुख्य जिम्मेवारी छ । बागमती प्रदेशको दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य पुग्न पाउँदा गर्व लागेको छ । प्राकृतिक र जातीय हिसाबले पनि लोपोन्मुख थामी, जिरेल, सुरेल जाति दोलखामा बासोबास गर्दछन् । उनीहरूको संस्कृतिका साथै शिक्षा, स्वास्थ्यदेखि आधारभूत आवश्यकताका बारेमा पनि ध्यान दिनुपर्ने जरुरी छ । समग्र दोलखाली जनताको जीवनस्तर उकास्न काम गर्नुपर्ने छ । दोलखाबाट निर्वाचित जनप्रतिनिधि र दोलखामा सक्रिय राजनीतिक दलहरू सबै मिलेर विकास निर्माणका काममा एकताबद्ध हुनुपर्ने जरुरी छ । बौद्धिक व्यक्तित्व र सरोकारवाला पक्षको एकमत हुन जरुरी छ ।माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको चरणमा जिल्लाका राजनीतिक दलहरू एक हुँदा राम्रो सन्देश गएको म यहाँ स्मरण गर्न चाहन्छु । यो आयोजना निर्माणबाट दोलखालाई मात्र नभएर सिङ्गो नेपालको अर्थतन्त्रलाई सहयोग पुग्यो । लोडसेडिङको मारमा परेका जनतालाई उज्यालोतर्फ लैजाने काम भयो । तामाकोशी जलविद्युत् आयोजना तेस्रोलगायत यस जिल्लामा विभिन्न सुन्दर प्राकृतिक तालहरू छन् । पर्यटन क्षेत्र, कृषि उत्पादन वृद्धि गर्न सकेमा जिल्लावासीको जीवनस्तरमा सुधार आउँछ । मेरो ध्यान दोलखाली जनताको जीवनस्तर उकास्नमा हुनेछ । जनता दिगो शान्ति, सुशासन, विकास निर्माण चाहन्छन् । संविधान जारी भएको लामो समय बितिसक्दा पनि संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बन्न सकेका छैनन् । यो अस्वस्थ राजनीतिक प्रतिस्पर्धा र अस्थिरताले गर्दा नै हो भन्ने मेरो बुझाइ छ । सर्वप्रथमतः राजनीतिक दलहरू नै संविधानप्रति इमान्दार हुनुपर्छ । संविधान कार्यान्वयनका सन्दर्भमा दलहरू एकै ठाउँमा उभिन सक्नुपर्छ । समयको पदचापलाई दलहरूले बुझ्न सकेमा मात्र देशको भविष्य सुन्दर हुन्छ । परिपक्वता र सामूहिकताको भावना जरुरी भइसकेको छ ।संसद्मा विधायकको काम कानुन बनाउने भनिए पनि नेपालमा त्यो खालको परिपाटी अझै राम्रोसँग स्थापित हुनसकेको छैन । सांसद भन्नेबित्तिकै विकास गर्ने हो भन्ने जनमत छ । त्यो कुरा जनतालाई बुझाउन पनि सकिएको छैन । पहुँच भएका नेताहरूले आफ्नो गाउँ, जिल्लामा विकास निर्माणका लागि बजेट धेरै लगेको पनि देखिन्छ । म राष्ट्रियसभाअन्तर्गत आर्थिक व्यवस्था तथा सुशासन समितिमा आबद्ध छु । संसदीय मर्यादाको पालना गरेर आफ्ना कुराहरू राख्ने, अध्ययन गर्ने, विज्ञहरूसँग छलफल गरेर कानुन बनाउने काम गर्ने मुख्य भूमिका रहने छ । सांसदको रूपमा जति दिन काम गर्न पाउँछु, पूरै निष्ठाका साथ गर्नेछु ।सांसद घनश्याम रिजालकोे परिचयसांसद घनश्याम रिजाल दोलखा जिल्लाबाट नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभा सदस्य हुनुहुन्छ । उहाँले गत फागुन २१ गतेबाट काम प्रारम्भ गर्नुभएको हो । बाबु धनबहादुर विश्वकर्मा र आमा रुद्रमाया विश्वकर्माको जेठो सन्तानको रुपमा विसं २०३७ पुस ८ गते जन्मिनुभएको हो । उहाँ २०४९ सालदेखि सक्रिय राजनीतिमा आबद्ध हुनुहुन्छ । तत्कालीन नेकपा (एमाले) निकट युवासङ्घको जिल्ला समिति सदस्य, उपसचिव, पार्टीको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य रहेर काम गर्नुभयो । अहिले पार्टी उपसचिव, उपाध्यक्ष हुँदै बागमती प्रदेश कमिटी सदस्य रहनुभएको छ । नेपाल दलित मुक्ति सङ्गठनको केन्द्रीय महासचिव हुनुुहुन्छ । (सांसदसँग रासस संवादका लागि राष्ट्रियसभा सदस्य घनश्याम रिजालसँग राससका समाचारदाता कालिका खड्काले गर्नुभएको कुराकानीमा आधारित ।) रासस
प्रतिनिधि सभाको बैठक बस्दै, उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
‘सुन होस् कि सहकारी, निष्पक्ष छानबिन गर्नुपर्छ’
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताउनुभएको छ । संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
शुक्रबारबाट एक घण्टामा श्रम स्वीकृति
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताउनुभएको छ । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा साझा प्रतिबद्धताका लागि बिमस्टेकको आवश्यक
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा साझा प्रतिबद्धताका लागि बिमस्टेक लगायतका साझा संरचनाको आवश्यकता रहेको बताउनुभएको छ ।
बिम्स्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइयो
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिम्स्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइएको बताउनुभएको छ l
बिम्स्टेकलाई पर्यटन प्रवर्द्धनमा जोड्न आवश्यक
नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले बिम्स्टेकलाई पर्यटन प्रवर्द्धनमा जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
‘बिमस्टेक र सार्कलाई सँगसँगै अघि बढाउनुपर्छ’
नेकपा (एमाले) का सांसद रघुजी पन्तले बिमस्टेकसँगै सार्कलाई पनि अघि बढाउन जरुरी रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभामा सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित
जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ ।
सहकारी समस्या समाधानका लागि छानबिन आयोग गठन गर्न माग
नेकपा (एमाले) का सांसद ऋषिकेश पोखरेलले सहकारी समस्या समाधानका लागि अधिकार सम्पन्न छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।
‘समितिको तर्फबाट कर्तव्यनिष्ठ भएर काम गर्ने प्रतिबद्धता’
विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले पदभार ग्रहण गर्नुभएको छ । सोमबार सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनीयताको शपथग्रहण गराएसँगै उहाँले समिति सभापतिको पदभार ग्रहण गर्नुभएको हो ।
रुसी सेना र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा रक्षाका विषयलाई परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकतामा राखी सम्भव सबै उपाय अवलम्बन गरिरहेको बताउनुभएको छ ।
‘सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न भूमिका खेल्छु’
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनम गेल्जेन शेर्पाले पदभार ग्रहण गर्नुभएको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको ध्यानाकर्षण
आजको बैठक आरम्भ हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका महामन्त्री गगनकुमार थापालाई बोल्न समय दिनुभयो । महामन्त्री थापाले सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानुनी कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
सङ्घीय सांसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।
सरकार ढाल्ने चलखेलमा छ काँग्रेस : प्रमुख सचेतक बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
शोक प्रस्ताव पारित
प्रविनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । सभामुख देवराज घिमिरेले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभएको हो ।
प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र आ।व। २०८१÷०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० छलफल हुने कार्यसूची रहेको छ ।
संसद् बैठकमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक माथि छलफल
सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र आ.व. २०८१÷०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल हुने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभामा प्रदेश र स्थानीय तहका लागि छुट्टै समय
राष्ट्रिय सभाले प्रदेश र स्थानीय तहका मुद्दालाई छलफल तथा बहसमा ल्याएर सङ्घीयतालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न प्रादेशिक सरोकार समयमा मन्तव्य राख्ने अभ्यासको थालनी गरेको छ ।