• १३ साउन २०८१, आइतबार

‘समितिको तर्फबाट कर्तव्यनिष्ठ भएर काम गर्ने प्रतिबद्धता’

blog

विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले पदभार ग्रहण गर्नुहुँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत ५ गते । विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले पदभार ग्रहण गर्नुभएको छ । सोमबार सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनीयताको शपथग्रहण गराएसँगै उहाँले समिति सभापतिको पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गरेसँगै उहाँले सुशासन कायम राख्नका लागि समितिको तर्फबाट कर्तव्यनिष्ठ भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने देशको उद्देश्यअनुरूप समितिको तर्फबाट सरकारलाई निर्देशन दिने र निर्देशन कार्यान्वयन गराउनेतर्फ लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘म इमान्दार भएर कर्तव्यभन्दा बाहिर नगईकन काम गर्नेछु । सुशासन कसरी कायम राख्न सकिन्छ ? र यो समितिमा भएको कार्यक्षेत्रलाई इमान्दारिताका साथ अघि बढाउन र दिगो विकासको लक्ष्य पूरा गर्ने २०३० सम्म छ । यसलाई अरू देशले भन्दा पनि हाम्रो देशले जलवायु परिवर्तनका इस्यु छन्, सुशासनका कुराहरू छन्, विकासका कुराहरू छन्, दिगो विकास नै के हो भन्ने छ । समितिले कार्यान्वयन गर्ने नभई सरकारलाई निर्देशन गर्ने हो, निर्देशन कार्यान्वयन गराउन म प्रतिबद्ध रहन्छु । निर्देशनलाई कार्यान्वयन गराउनका लागि लाग्छु । निर्देशन दिएर मात्रै पुग्दैन । निर्देशन कार्यान्वयन हुनुपर्छ ।’’ उहाँले समितिले सरकारलाई दिएका निर्देशनहरू कार्यान्वयन गराउन प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो ।