राष्ट्रिय सभा उपाध्यक्षका पदका लागि घिमिरे र पुडासैनीको उम्मेदवारी दर्ता
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार मध्याह्नबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन, २०८० पेश गर्नुहुनेछ ।
दलहरूले जनताको आशा जगाउने ठोस काम गर्नुपर्छ : सम्झना थपलिया
देशमा अहिले निराशा बढ्दै गइरहेको छ । मुलुकको नेतृत्वदायी भूमिकामा रहेका सबै राजनीतिक दल मिलेर जनताको आशा जगाउने ठोस काम गर्नुपर्छ । देशको विकास गर्ने र युवा जमातलाई रोजगारी दिलाएर उनीहरूलाई पलायन हुनबाट रोक्न राजनीतिक दलहरू एकजुट हुनैपर्छ । राजनीतिक दलहरू सरकार गठनका निम्ति मात्र सक्रिय हुने होइन ।
प्रतिनिधि सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ ।
प्राकृतिक स्रोत उपयोग गर्नसके देशको विकास हुन्छ : सांसद नागिना यादव
सदीय प्रणालीबारे विमर्श गर्दा विश्वमा रूपान्तरणकारी, सहभागितामूलक, प्रत्यक्षलगायत प्रणाली अभ्यासमा रहेका पाइन्छ । लोकतान्त्रिक रूपमा विवेचना गर्ने हो भने खासमा हुनुपर्ने चाहिँ रूपान्तरणकारी, सहभागितामूलक संसदीय प्रणाली हो ।
निजामती ऐनमा दलित महिलाका लागि आरक्षणको माग
संसदमा विचाराधीन निजामती सेवा विधेयक समावेशी सिद्धान्त बमोजिम हुनुपर्नेमा सिमान्तकृत समुदायले माग गरेका छन् । दलित महिला सङ्घ(फोडो)ले आज आयोजना गरेको ‘प्रस्तावित सङ्घीय निजामती सेवा ऐन तथा एकीकृत निर्वाचन मस्यौदा विधेयकका विषयमा परामर्श’ छलफलमा दलित समुदायले समावेशीको मुद्दा उठाएका हुन् ।
संविधान नै राजनीतिक दलको साझा सिद्धान्त हो : एकनाथ ढकाल
सङ्घीय संसद् होस् वा प्रदेशसभा कुनै एक राजनीतिक पार्टीको बहुमत नभएको अवस्थाले दलहरु एकापसमा मिलेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ । प्रमुख राजनीतिक शक्तिबीच सहमति कायम हुनुपर्छ ।
संसद्सामु गरिएका प्रतिबद्धता कार्यान्वयनमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ससद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताउनुभएको छ ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्तामा टुङ्गोमा पुर्याउनुपर्ने
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ता भित्रमा टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभएको छ ।
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नुपर्छ : मङ्गलप्रसाद गुप्ता
संसद् प्रधान रहने प्रजातान्त्रिक शासन व्यवस्थामा संसदीय व्यवस्थालाई सबैभन्दा राम्रो मानिन्छ । यसलाई विश्वव्यापी रुपमा स्वीकार गरिएको छ । कानुनी राज्य, शक्ति पृथकीकरणसमेतका असल शासन अभ्यासलाई अँगाल्ने यो व्यवस्थाबाट धेरै राष्ट्र सफल पनि भएका छन् ।
संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनको माग
प्रतिनिधि सभाको बैठकको विशेष समयमा सांसदहरूले कानुन निर्माण, संसद्को प्रभावकारिता, पूर्वाधार निर्माण, सहज सेवाप्रवाहलगायत जनजीविकासँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराउनुभएको हो ।
विद्यार्थी र अभिभावकमाथि भर्नाका नाममा ज्यादती भयो : सांसद बस्नेत
राष्ट्रिय सभाको बैठकमा सांसद जितजङ्ग बस्नेतले नयाँ शैक्षिक सत्र लाग्ने बित्तिकै विद्यार्थी र अभिभावकलाई विद्यालयहरूले ज्यादती गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आरोप लाग्नासाथ सांसदबाट राजीनामा दिने सर्वदलीय सहमति गरौँ : सांसद वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न सर्वदलीय सहमति गर्न प्रस्ताव गर्नुभएको छ ।
चीन भ्रमणबारे उपप्रधानमन्त्री श्रेष्ठद्वारा संसद्लाई जानकारी
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणको उपलब्धिबारे संसद्लाई जानकारी गराउनुभएको छ ।
संसदीय छानबिन समिति गठनको कांग्रेसको माग कायमै
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बिहानबाट सुरु भएको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
‘सरकारमा भन्दा कानुन निर्माणमा साझेदारी चाहिन्छ’
पछिल्ला वर्षहरूमा सत्ता साझेदारीमा भएको फेरबदलले कानुन निर्माण प्रभावित भएको छ । राजनीतिक दलको अभ्यास गठबन्धन सरकार बनाउने, त्यसलाई जोगाउने र भत्काउने चक्रमा घुमिरह्यो ।
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।
प्रतिनिधि सभाद्वारा बिमस्टेक बडा पत्र अनुमोदन
सङ्घीय संसद्ले पनि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमष्टेक) बडा पत्रलाई अनुमोदन गरेको छ ।
प्रतिनिधि सभामा बिमस्टेक बडापत्रको प्रावधानमाथि छलफल सुरु
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमस्टेक) बडा पत्रको प्रावधानमाथि छलफल सुरु भएको छ ।
कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिन माग
नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिनुपर्ने बताउनुभएको छ
जलवायुका असरसँग जुध्न सरकार प्रतिबद्ध
वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले जलवायु अनुकूलनलाई प्राथमिकता दिएर सरकारले सरकारले राष्ट्रिय अनुकूलन योजना तयार पारेर कार्यान्वयन गरिरहेको बताउनुभएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न माग
प्रतिनिधि सभाको बैठकमा पर्यटकीय राजधानीका रूपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ ।