प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग सभामुखको छलफल
आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहितका राजनीतिक दलहरूका शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ । शीर्ष नेताहरूसँगको छलफल आज बिहान ११ बजे सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा हुनेछ ।
आँबुखैरेनीमा ‘नमुना युवा संसद्’ अभ्यास सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमुना गाउँ सभा प्रशिक्षण सुरु भएको छ ।
निर्माण सामग्रीसम्बन्धी विधेयकमा चार सय वटा संशोधन
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारसम्बन्धी विधेयकमा नेपाली कांग्रेसको कुनै विरोध नरहने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
एक वर्षमा विपदबाट एक अर्ब २३ करोडको क्षति
सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरुबाट एक अर्ब २३ करोड रुपियाँ बराबरको क्षति भएको जनाएको छ ।
संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न र अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधिलाई निरुत्साहित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत लोकतन्त्र नै भएकाले अभ्यासका माध्यमबाट यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सरकारलाई बलियो बनाउने विधेयक अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई बलियो बनाउने गरी विधेयक अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन वृद्धि गर्नुपर्छ : राष्ट्रिय सभा उपाध्यक्ष
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक रहेको बताउनुभएको छ ।
सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सरस्वती बजिमय
वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन् । संसदमा जे पनि बोल्नहुने जस्तो देखिन्छ । संसदीय मर्यादाविपरीतका अभ्यास भइरहेको छ । एकअर्काको विरोध गर्नबाहेक केही नगरेको देखियो । देशको सामाजिक–आर्थिक विकासका लागि सदनमा प्रतिनिधित्वका सबै राजनीतिक दल एकजुट हुनैपर्छ ।
तीन संसदीय समितिको बैठक बस्दै
मङ्गलबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण
राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गर्नुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतबार सिंहदरबारमा एक समारोहका बिच पूर्वराजदूत समेत रहनुभएका उहाँले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।
संसद् प्रभावकारी बनाउन सकिएन : प्रमुख सचेतक यादव
वि.सं.२०७९ प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि हालसम्म संसद्का तीन वटा अधिवेशन पूरा भइसकेका छन् । तर यी अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी बनाउन सकिएको छैन ।
राष्ट्रिय विषयमा प्रमुख शक्तिबिच एउटै मत हुनुपर्छ : नेत्री गुरुङ
नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले मुलुकलाई विकास र समृद्धिका पथमा लैजान देशका प्रमुख शक्तिहरुबीच कम्तीमा सात राष्ट्रिय कार्यभारमा साझा सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
नयाँ विधेयक राष्ट्रिय सभामा दर्ता गर्नुपर्छ : उपाध्यक्ष घिमिरे
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले नयाँ विधेयकहरू राष्ट्रिय सभामा दर्ता गर्नुपर्ने बताउनुभएको छ । आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्नुहुँदै उपाध्यक्ष घिमिरेले आगामी दिनमा आउने नयाँ विधेयकहरू राष्ट्रिय सभामा दर्ता गरेर अगाडी बढाउनुपर्ने बताउनुभएको हो ।
सरकारले कागजी निर्देशन होइन, जनतामा प्रभावकारी सेवा दिन सक्नुपर्छ : सांसद पन्त
लोकतन्त्र भनेकै विधिको शासन हो । हामीले सामयिक र असल कानुन बनाएर सुशासन दिन सक्नुपर्छ । सांसदहरूको मुख्य काम विधि निर्माण नै हो, त्यसमा हामी लागिरहेका छौँ ।
प्रदेश सरकारलाई पूर्णता दिन आग्रह
कर्णाली प्रदेश सरकारलाई छिटो पूर्णता दिन प्रदेश सभा सदस्यहरुले आग्रह गर्नुभएको छ । सरकारले पूर्णता नपाउँदा सरकारका काम कारवाही प्रभावित बनेको भन्दै प्रदेश सभा सदस्यले छिटो पूर्णता दिन आग्रह गरेका हुन् ।
गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित
गण्डकी प्रदेश सभाको शुक्रबार सुरु भएको अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको थियो ।
जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट समानुपातिक सांसद बन्नुभएको हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भयो : सांसद यादव
अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी भएको छ ।
गण्डकी प्रदेश सभाको बैठक आह्वान
गण्डकी प्रदेशसभाको अधिवेशन यही वैशाख ७ गते शुक्रबारका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते दिउँसो ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गर्नुभएको हो ।
रासायनिक मल उद्योग स्थापनामा लगानी गर्न राष्ट्रियसभा अध्यक्षको आग्रह
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहनुभएका गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
अन्तर्राष्ट्रिय समितिको बैठकको स्थगित
निर्धारित समयमा बैठक सुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।
कानुन निर्माणको रफ्तार बढाउन आवश्यक : राष्ट्रियसभा अध्यक्ष
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कानुन निर्माणको काम जुन रफ्तारमा हुनुपर्ने हो त्यसरी हुन नसकेको बताउनु भएको छ ।
नियम होइन, नियत बदल्नुपर्छ : सांसद चालिसे
यतिबेला संसदका गतिविधिमा धेरैको ध्यान केन्द्रित भएको देखिन्छ । यद्यपि अझै पनि पुरानै ढर्रा, सत्ता र प्रतिपक्षबिच घोचपेच, मनमुटाव, जुहारी र बैठक निरन्तर अबरुद्ध हुँदा संसद् र सांसदप्रति जनताको बुझाइ त्यति सकारात्मक रहेको देखिन्न ।