काठमाडौं, माघ २९ गते । नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्ग्याउनुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो टुङ्ग्याएर समाजमा शान्ति स्थपना गर्नुपर्ने बताउनुभयो । शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन ढिलाइ भइरहेको उहाँको भनाइ छ । उहाँले इमानदार भएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनसके समाजमा शान्ति स्थपना हुने बताउनुभयो ।
उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन नसक्दा नागरिकहरुले न्यायको अनुभूति गर्न नसकेको बताउनुभयो ।