पूर्व सचिव भट्टराईको निधन
राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार भट्टराईको बुधबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँ ७७ वर्षको हुनुहुन्थ्यो ।
तीन प्रदेशको पहाडी भूभागमा भारी वर्षा
अहिले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा भारी बर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो क्रम रातिसम्म जारी रहने मौसमविद गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार राति सुदूरपश्चिममा पनि भारी वर्षाको सम्भावना छ ।
स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका –६ को भण्डारामा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा चार सय जना लाभान्वित भएका छन् । विशेषगरी विपन्न, पिछडिएको, असक्त र असहायलाई लक्षित गरी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको श्री नं २ वन तथा पर्यावरण सुरक्षा गणका प्रमुख सेनानी श्री दिपेन्द्र वोगटीले बताउनुभयो ।
‘समानता कायम नहुँदासम्म आरक्षणको विकल्प छैन’
असमानता हटाउन अर्को विकल्प नभएसम्म आरक्षण लागू गर्नुको विकल्प नभएको भन्दै दलित संघ संस्थाले विरोध गरेपछि आयोगले प्रस्ट पारेको हो ।
राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा रिट दर्ता
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
लप्सीफेदी सबस्टेसन निर्माणमा स्थानीयको अवरोध
काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयले तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । अवरोधका कारण तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइनको ५ वटा टावर निर्माण हुन सकिरहेको छैन ।
लोकतान्त्रिक प्रक्रिया मिचिएको अध्यक्ष ओलीको दाबी
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लोकतान्त्रिक प्रणाली र कानुन मिचेको आरोप लगाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सो आरोप लगाउनुभएको हो ।
जुरिखेतमा बस दुर्घटना : सातको मृत्यु, १८ जना घाइते
मकवानपुरको भीमफेदी गाउँपालिका –६ स्थित जुरिखेतमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौंडा आउदैगरेको ना ३ ख ७८५८ नं. को मिनीबस बिहीबार दिउँसो जुरिखेतको घुम्तीमा दुर्घटना भएको हो ।
एयरपोर्ट बिस्तार सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले दाङको टरिगाउँ एयरपोर्टको बिस्तार सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको बिहीबार स्थलगत निरीक्षणका लागि यहाँ आउनुभएका मन्त्री श्रेष्ठले एयरपोर्टको निरीक्षणपछि अब विस्तार गर्दै ७२ सिटे हवाइजहाज बस्न सक्नेगरी एयरपोर्टको धावनमार्ग बिस्तार गर्न आवश्यक रहेको बताउनभयो ।