कपनको लसुनटारमा आगलागी, तीन जनाको मृत्यु
काठमाडौं, असोज ५ गते । काठमाडौं कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा बुधबार साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उहाँको भनाइ छ । आगलागी नियन्त्रणमा लिए पनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्धारको टोलीले अहिले घटनास्थलमा रहेका छन् ।आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।रासस
पाँचथरमा मतदाता घटे
पाँचथरमा मतदाता घटेका छन् । निर्वाचन आयोगले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको तुलनामा १ हजार २ सय ९२ मतदाता घटेको देखिएको छ ।
पोषण योजना तर्जुमा गर्दा मुसलिमलाई प्राथमिकता दिन सुझाव
मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले बहुक्षेत्रीय पोषण योजना तेस्रो तजुर्मा गर्दा दलित र मुसलिम समुदायलाई लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ ।
नागरिकता विधेयकको पक्षमा प्रदर्शन
कपिलबस्तुमा जनता समाजवादी पार्टी (जसपा) ले नागरिकता विधेयकको पक्षमा प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु भएपछि प्रदर्शनकारीले उहाँको विरोध गर्नुभएको हो ।
काठमाडौं महानगरद्वारा बाह्य विज्ञापनमा रोक
राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
बिजुली खोलाको परिचय बनाउँदैछ मोदी खोला
“हिउँको पानी मोदीको असला, आफ्नै ठानी मायालु दिलमा बसाल, पुनःहिलैमा फूल जस्ती सोल्टिनी बस्यौँ दिलैमा...!” लोकपप गायक तिलकबम मल्लको हो ।
साढे सात वर्षपछि ठडियो भूकम्पले क्षतिग्रस्त जयवागेश्वरी मन्दिर
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर भूकम्पको साढे सात वर्षपछि माटोको जोडाइबाट ठडिएको छ ।
चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुखविरुद्ध आरोपपत्र दायर
जुम्ला चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध विशेष अदालत काठमाडौं आरोप पत्र दायर भएको छ ।