• ९ मंसिर २०८१, आइतबार

पाँचथरमा मतदाता घटे

blog

राधा लुइँटेल

फिदिम, असोज ५ गते । पाँचथरमा मतदाता घटेका छन् । निर्वाचन आयोगले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको तुलनामा १ हजार २ सय ९२ मतदाता घटेको देखिएको छ । 

सो निर्वाचनमा जिल्लामा १ लाख ४० हजार २ सय २४ जना मतदाता थिए । यस पटक त्यो सङ्ख्या घटेर १ लाख ३८ हजार ९ सय ३२ जना भएको जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराइले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनपश्चात् जिल्लामा करिब २ हजार नयाँ मतदाता थपिए पनि त्यसअघि मृत्यु भएका, दोहोरो नाम समावेश भएका र बसाइँ सरेर ७ हजार जनाको नाम हटाइएकाले अघिल्लो निर्वाचनको तुलनामा मतदाता सङ्ख्या कम भएको भट्टराईको भनाइ छ  । 

आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि पाँचथरमा १ सय २ मतदानस्थल र एक सय ७७ मतदान केन्द्र कायम भएका छन् ।