काेसी पीडित भोकै बस्नुपर्दैन: मन्त्री कार्की
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले सप्तकोसी नदीको उद्यपुरको बेलाका नगरपालिकास्थित बाँध फुटाएर बस्तीमा पसेका स्थानको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । बाँध फुटेको घटनास्थल पुगेर मन्त्री कार्कीले बाढी पीडित कोही पनि भोकै बस्नुपर्ने अवस्था आउन नदिने बताउनुभएको छ ।
सप्तरीमा ८० प्रतिशत रोपाइँ सम्पन्न
सप्तरीमा हालसम्म करिब ८० प्रतिशत रोपाइँको काम सम्पन्न भएको छ । धान रोपाइँ गर्नेवेला लामो समय खडेरी परेर हाल दुई दिन पानी पर्दा करिब ८० प्रतिशतसम्म रोपाई भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
यात्रुबाट मनपरी भाडा असुलेको गुनासो
यात्रु ओसारपसार गर्ने सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुल गरेका छन् । जिल्लाभित्र विभिन्न स्थानमा सञ्चालनमा आएका यात्रुबाहक सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुलेको यात्रुहरूको गुनासो छ ।
मेलमिलापका माध्यमबाट न्याय निरुपणमा जोड हुनेछ : उपप्रमुख डंगोल
काठमाडौं महानगरको न्यायिक समितिले इजलासबाट न्याय निरुपणका काम थालनी गरेको छ । इजलास मर्मत भइरहेकोले यस अघि महानगरको सभा कक्षबाट काम हुँदै आएको थियो ।
खेताला चालकको भरमा अस्पतालको शव वाहन
जिल्ला अस्पताल धादिङमा शव वाहन छ तर चालक छैन । धेरैलाई त शव वाहन छ भन्ने थाहा छैन । थाहा हुनेले पनि आवश्यक पर्दा चालक अभावमा प्रयोग गर्न पाउँदैनन् । प्रयोग गर्नेले खेताला चालक व्यवस्था गरेर मात्र प्रयोग गर्छन् । शव बाहन चलाउन अस्पतालले छुट्टै चालक नियुक्त गर्न नसक्दा हरेक पटक अन्य गाडीका चालक खोजेर शव बाहन चलाउनु पर्ने बाध्यता छ ।
साँझ सौर्य आँधी पृथ्वी नजिक आउँदै, स्याटलाइट र पावर ग्रिडमा समस्या हुनसक्ने
सूर्यबाट निस्केको सौर्य आँधी बुधबार साँझ पृथ्वीको नजिक आउने भएको छ । वैज्ञानिकहरुले यसको नाम 'सन होल सोलार स्टर्म' दिएका छन् । वैज्ञानिहरुका अनुसार सूर्यको वायुमण्डलमा प्वालभन्दा तीव्र गतिमा चल्ने सौर्य हावा आज पृथ्वीको चुम्बकीय क्षेत्रको नजिक आउने छ ।
बेपत्ता सुनारको शव फेला
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मङ्गलबार खोलाले बगाएर बेपत्ता भएका दिल कुमार सुनारको शव फेला परेको छ । बाणगंगा नगरपालिका ९ बर्दवास्थित कोइली खोलाले सुनार परिवारका तीन जना बगाएको थियो ।
मेलम्चीको थकनीका १२ घर उच्च जोखिममा
तीन दिनदेखि निरन्तर परेको वर्षाले मेलम्ची नगरपालिका–४ थकनी थङसिङटोलका १२ घर उच्च जोखिममा परेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–३ भोटेफूल्पिङ टोलका पाँच घर उच्च जोखिममा परेको छ ।
देशभर मौसम सामान्यदेखि पूर्ण बदली
हाल देशभर सौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।