• ८ जेठ २०८१, मङ्गलबार

देशभर मौसम सामान्यदेखि पूर्ण बदली

blog

काठमाडौं, साउन १८ गते । हाल देशभर सौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

आज दिउँसो देशका धेरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ । आज राति देशको पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

पछिल्लो २४ घण्टामा देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले शतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक शतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ ।