स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव छ : सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताउनुभएको छ ।
प्रेस स्वतन्त्रताबाट मात्रै नागरिक अधिकारको पूर्ण सुनिश्चितता हुन्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमहरुलाई समय सुहाउँदो रुपमा परिमार्जित गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले विश्वमा सूचना तथा प्रविधिको द्रुतगतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने बताउनुभयो ।
संवैधानिक नियुक्तिविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुने
संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध परेको रिटमा आज बुधबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति गरेको थियो ।
महाकाली सन्धिको अढाइ दशकपछि दोधारा–चाँदनीमा नहर निर्माण थालिँदै
नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ । सन्धिको २७ वर्षपछि नेपालले नहर निर्माणको तयारी गर्न लागेको हो ।
दुई लाखले गरे चितवन निकुञ्जको भ्रमण
आर्थिक वर्ष २०७८÷७९ मा झण्डै दुई लाख व्यक्तिले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । गत आवमा आन्तरिक र बाह्य गरी एक लाख ९० हजार ४५८ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।
प्रधानमन्त्री देउवाबाट रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन (भिडियो)
प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन भएको छ ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. डब्लूएचओको विज्ञ समूहमा मनोनीत हुने नेपाली चिकित्सक को हुनुहुन्छ ? डा. राजन पाण्डे – भेरी अञ्चलका वरिष्ठ फिजिसियन डा. पाण्डे विश्व स्वास्थ सङ्गठन (डब्लूएचओ)को क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनीत हुनुभएको। – नेपालमै पहिलो पटक सिकलसेल एनिमिया
लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर
४. बेरुजुका प्रकारहरू उल्लेख गर्दै महालेखा परीक्षकको ५९औँ प्रतिवेदनअनुसार नेपालमा बेरुजुको समग्र स्थिति दर्शाउनुहोस्। लेखापरीक्षण गर्दा रुजु हुन नसकेको आर्थिक कारोबार बेरुजु हो। यसलाई रीत नपु-याएको, राख्नुपर्ने लेखा नराखेको, अनियमित वा बेमनासिव कारोबार भनी लेखापरीक्षणका क्रममा औँल्याइने गरिन्छ । बेरुजुलाई देहायबमोजिमका तीन प्रकारमा विभाजन गर्न सकिन्छ : क) असुल गर्नुपर्ने बेरुजु : यसमा हिनामिना, हानि नोक्सानी र अन्य असुल गर्नुपर्ने बेरुजु समावेश गरिन्छ। ख) नियमित गर्नुपर्ने बेरुजु : यसमा अनियमितता भएको, प्रमाण कागजात पेस नभएको, जिम्मेवारी
काठमाडौं महानगर कल सेन्टरमा नौ हजार ६२९ गुनासो
गत जेठ २४ गतेदेखि निरन्तर सञ्चालनमा रहेको काठमाडौं महानगरपालिकाको कल सेन्टरमा नौ हजार ६२९ गुनासो रेकर्ड भएको छ । महानगरमा मुख्यगरी तीन प्रकारको गुनासो आउनेगरेको माहनगरका विभागीय प्रमुख नवराज ढकालले बताउनुभयो । उहाँका अनुसार फोहोर व्यवस्थापन, ट्राफिक समस्या र फुटपाथ व्यापारको सबैभन्दा बढी गुनासो आउनेगरेको छ । कल सेन्टर सञ्चालन भएको करिब दुई महिनाको अवधिमा सो संख्यामा जिज्ञासा आएको हो ।