भदौ १ देखि ४० माइक्रोनभन्दा पातलाे प्लास्टिक झोला प्रयाेग बन्द
सरकारले २०७९ भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा पुर्ण रुपमा बन्द गर्ने भएको छ । झोलाको उत्पादन, आयात र बिक्री वितरणमा पुर्ण रोक लगाउने र प्रयोग गरेमा समेत कारवाही गर्ने वातावरण विभागले मंगलबार सूचना प्रकाशन गरी जानकारी गराएको छ ।
शान्तिको कामना गर्ने पर्व घण्टाकर्ण
नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनका साथ ‘गठामुंगः’ (घण्टाकर्ण) पर्व मङ्गलबार हर्षोल्लासका साथ मनाउँदै छन्। घण्टाकर्ण पर्व यस समुदायको मौलिक पर्वमध्ये एक हो। साउन कृष्ण पक्षको चतुर्दशी तिथिका दिन यो चाड मनाइन्छ। भूतप्रेत पन्छाउने पर्व भनिए पनि सरसफाइको प्रतीकका रूपमा मनाइने यो पर्व विशिष्ट रहेको संस्कृतिविद्हरूको भनाइ छ। यस दिन राक्षसको पुत्ला बनाई जलाइनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा पनि गरिन्छ।
कुल आयातको ६२.५ प्रतिशत आयात भारतबाट
नेपालमा आयातित बस्तुको सबैभन्दा बढी हिस्सा भारतको रहेको देखिएको छ । कुल १६४ देशबाट भएको आयातमध्ये भारतको हिस्सा सबैभन्दा बढी रहेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको आव २०७८–७९ को तथ्यांकअनुसार कुल आयातित १९ खर्व २० अर्व ४४ करोड रुपियाँको वस्तुमध्ये भारतबाट मात्र १२ खर्व १५ करोडको बस्तु आयात भएको देखिएको छ । यो कुल आयातको ६२.५० प्रतिशत हो ।
सभापति देउवाद्वारा पन्थीको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले खगेश्वर पन्थीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार शोक विज्ञप्ति जारी गर्दै कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीका ८३ वर्षीय पिता खगेश्वरको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।
युवाको भाषा बुझ्न जरुरी छ : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले युवाहरुको आवाजलाई अहिले सिङ्गो राष्ट्रले बुलन्द गरिरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले सो कुरा बताउनुभएको हो ।
मासु विक्री गरेका किसानले पाए प्रतिफलमा आधारित अनुदान
पाल्पाका १४ वटा सहकारी संस्थाले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान पाएका छन् । जिल्लाका विभिन्न स्थानबाट खसी तथा बोकाका मासु उत्पादन तथा विक्री गर्र्ने १४ वटा सहकारी संस्थाहरूले उत्पादनका आधारमा प्रतिफल अनुदान पाएका हुन् ।
नागरिकता वितरण खुकुलो बनाउन विधेयक ल्याइएको होइन : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता वितरण खुकुलो बनाउनेगरी नागरिकता विधेयक नल्याएको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
बढ्यो नयाँ स्वरुपका प्रकोपको जोखिम
वरिष्ठ मौसमविद् रामप्रसाद अवस्थी अबका दिनमा मौसमजन्य घटना दोहोरिने सम्भावना बढी रहेको बताउनुहुन्छ । उहाँका अनुसार मनसुनजन्य विपद्का स्वरुपमा परिवर्तन आई नयाँ प्रकृतिका घटना र छोटो समयमा विपद्जन्य घटना दोहोरिन सक्ने सम्भावना समेत बढेकाले पनि जोखिम थपिएको हो ।
अवैध चिनी बरामद
पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ ।