पशुपति क्षेत्रमा एक भक्तजन एक वृक्षरोपण अभियान
साउन महिना पारेर पशुपति क्षेत्रमा एक भक्तजन एक बिरुवा रोपण अभियान सुरु भएको छ ।
परवानीपुर र दुम्कौलीमा अत्यधिक वर्षा, बाढी सर्तकता तह नाघ्यो
पूर्वीनवलपरासी पूर्वको दुम्कौली र पर्साको परवानीपुरमा अत्याधिक वर्षा भएको छ । वर्षासँगै आएको बाढीले सर्तकता तह पार गरेपछि सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
एमाले कर्णाली कमिटीद्वारा सदस्यको जिम्मेवारी बाँडफाँट
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । प्रदेश कमिटीको साउन ७ र ८ गते बसेको चौथो बैठकले सदस्यहरुको भूगोल र विभागको जिम्मेवारी टुङ्गो लगाएको हो ।
सशस्त्र प्रहरीद्वारा करिब साढे दुई करोडको अवैध सामान बरामद
यहाँस्थित नेपाल–भारत नाकामा अवैध चोरी पैठारी र निकासी रोक्न सक्रिय रहेको सशस्त्र प्रहरीले ६ महिना अवधीमा करिब साढे दुई करोडको अवैध सामान नियन्त्रणमा लिएको छ । भन्सार राजस्व छलेर ठूलो परिमाणमा मालसामानको अवैध आयात निर्यात भैरहेको नेपालगञ्ज र सो वपिरिका नाकाबाट तस्करले भित्र्याउन खोजेको २ करोड ४१ लाख ६५ हजार ९१६ रुपियाँ बराबरमा अवैध सामान ६ महिनाको अवधीमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।
कङ्गो मिसनमा तैनाथ नेपाली सैनिक सुरक्षित
संयुक्त राष्ट्र सङ्घ शान्ति मिसन अन्तर्गत कङ्गो मिसनको फोर्स हेडक्वार्टर रहेको गोमा शहरमा साउन ९ गतेदेखि स्थानीय जनताहरुले विभिन्न माग राख्दै आन्दोलन गरेका छन् ।
भिजिट भिसाको प्रयोग पर्यटकका लागि मात्रै : गृह मन्त्रालय
गृह मन्त्रालयले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकहरुले भ्रमण भिसाको प्रयोग पर्यटकको रुपमा मात्र गर्न अनुरोध गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भ्रमण भिसाको प्रयोग गरी विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न अनुरोध गरेको हो ।
उपत्यकाको फोहोर बिहीबारदेखि पुनः व्यवस्थापन हुने
सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहोर उठ्न सकेको थिएन । बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिएको थियो ।
माटोको उर्वराशक्ति जोगाउन दौडाहा अभियान
संसारभरिको माटोमा भएको उर्वराशक्तिमा ह्रास आएको भन्दै बचाउन ‘माटो जोगाऔं’ अभियान लिएर देश दौडाहा कार्यक्रम सुरु भएको छ । गत जेठ महिनाको ३० गते काठमाडौंबाट सुरु भएको अभियान लिएर यसमा सहभागी युवाहरु म्याग्दीको सदरमुकाम बेनी आइपुगेका छन् ।
सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना बाहिर : अध्यक्ष नेपाल
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गनु नसकिने बताउनुभएको छ ।