गाई फर्ममा आगलागी हुँदा १२ लाखको क्षति
काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित गाई फर्ममा आगलागी भएको छ । आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।
बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका १३ देशले गरेको प्रतिबद्धताअनुसार नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन सफल भएको र बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित भएको बताउनु भएको छ ।
हेटौँडाका २२ हजार परिवारले १० हजार लिटर पानी निःशुल्क पाउने
हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो ।
इन्जिनमा खराबी देखिएपछि छ मिनेटमा नै अवतरण
पोखराबाट काठमाडौंतर्फ उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै पोखरा विमानस्थलमा अवतरण गरिएको छ ।
शेर्पा साँस्कृतिक केन्द्रको अध्यक्षमा आङ डोमा निर्वाचित
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रमा आङ डोमा शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । विहीबार भएको केन्द्रको सातौं महाधिवेशनले नयाँ समिति चयन गरेको हो ।
निजी विद्यालयको स्थलगत अनुगमन
निजी विद्यालयहरुले अत्यधिक शुल्क लिएको गुनासो आएपछि धरान उपमहानगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरेको छ । बुधबार उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईसहित शिक्षा महाशाखाले तीन वटा विद्यालयको अनुगमन गरेको हो ।
देशमा सुशासन छैन : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले देशमा सुशासन नरहेको दाबी गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित ‘निष्ठाको यात्रा’ नामक कृतिको लोकार्पण एवम् वैदिक नेपालको भविष्य नामक समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।
मदिराजन्य पदार्थबाट वार्षिक ३३० करोड राजस्व
नेपाल मदिरा पैठारीकर्ता सङ्घ (लियन) ले नेपाल सरकारले कार, मदिरा, सुर्तीजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध फुकुवा नगरे नेपालको अर्थतन्त्रमा प्रतिकुल असर पर्ने बताएको छ ।
पोखरामा ‘मेट्रो प्रमुख मिट नेपाल’ हुने
पोखरामा देशभरका ६ महानगरका प्रमुख भेला हुने भएका छन् । यही साउन १३ र १४ गते पोखरामा ‘मेट्रो प्रमुख मिट नेपाल’ हुने भएको हो । सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ ।