• ९ जेठ २०८१, बुधबार

गाई फर्ममा आगलागी हुँदा १२ लाखको क्षति

blog

गोरखापत्र अनलाइन
काठमाडौं, साउन १३ गते ।
काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित गाई फर्ममा आगलागी भएको छ । आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । बाँकेको कोहलपुर नगरपालिका–११ घर भएकी ५७ वर्षीया भगवती लम्सालको गाई फर्ममा शुक्रबार बिहान आगलागी भएको हो ।

आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर नष्ट भई करिब १२ लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।