राष्ट्र निर्माण अभियानमा कोही बाधक बन्नु हुन्न : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा बिहीबार भएको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले सो आरोप लगाउनुभएको हो । राष्ट्र निर्माण अभियानमा कोही बाधक बन्न नहुने उहाँको सुझाव छ ।
यस वर्ष दशैँका लागि काठमाडौंबाट बढी यात्रु बाहिरिने
गत वर्षमा झण्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर सङ्ख्यामा बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध बिहीबार सर्वोच्चमा रिट परेको हो ।
मातृशिशु मृत्युदर घटाउन प्रशिक्षण
प्रसुती अवस्थामा उचित समयमा प्रेषण (रिफर) नगर्दा भएको मातृशिशु मृत्युदरमा कमी ल्याउन स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना तथा युएस एडको सहयोगमा १० पालिकाका जनप्रतिनिधी र स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको हो ।
बसको ठक्करबाट विद्यार्थीको मृत्यु, गजुरी तनावग्रस्त
धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको ग१ख ४५६५ नंको बसको ठक्करले स्थानीय छ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु थियो ।
राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध संयुक्त विद्यार्थी सङ्गठनको प्रदर्शन (भिडियो)
। संयुक्त विद्यार्थी सङ्गठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै बिहीवार पनि विरोध प्रदर्शन गरेका छन् । बिहीवार माइतीघर मण्डलामा संयुक्त विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
परिषद्को आफ्नो भवन नहुँदा सेवा प्रवाह राम्रो हुन सकेन : सदस्यसचिव भट्ट
समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले परिषद्को आफ्नै भवन नहुँदा उद्देश्य अनुसारको कार्य सम्पदान गर्न कठिनाइ भएको गुनासो गर्नुभएको छ ।
गैरसरकारी संस्थालाई समुन्नत समाजको निर्माणमा जुट्न मन्त्री रेग्मीको आह्वान
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरुसँग आह्वान गर्नुभएको छ ।
सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ ।