• ८ कात्तिक २०८१, बिहिबार

पूर्व सचिव भट्टराईको निधन

blog

पूर्व सचिव स्वर्गीय राधेश्याम भट्टराई

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ६ गते । राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार भट्टराईको बुधबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँ ७७ वर्षको हुनुहुन्थ्यो ।  

भट्टराईले २०५७ असार २० गतेदेखि २०६२ भदौ ३ गतेसम्म राष्ट्रिय सभाको सचिवको जिम्मेवारीमा रहनुभएको थियो । खोटाङको लामिडाँडामा जन्मनुभएका भट्टराई चर्चित साहित्यकारसमेत हुनहुन्थ्यो । 

उहाँका हलेसी तीर्थ काव्यसहित दर्जनौँ कविता तथा अन्य सङ्ग्रह प्रकाशित छन् । साहित्य सेवा गरेबापत उहाँले थुप्रै पुरस्कार समेत प्राप्त गर्नुभएको छ।