शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १३ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्नुभएको छ ।
शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री बालेन साँझ सरकारी निवास प्रवेश गर्नुभएको हो ।
उहाँले शुक्रार नै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरिसक्नुभएको छ ।
पदभार ग्रहण गरे लगत्तै मन्त्रालयका सचिवालाई निर्देशन दिनुभएका नवनियुक्त प्रधानमन्त्री बालेनको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकसमेत बसिसकेको छ । बैठकले भदौ २३ र २४ गतेको आन्दोलनको सम्बन्धमा छानबिन गर्न बनेको गौरीबहादुर कार्कीको अध्यक्षताको समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।




