संविधान कार्यान्वयनका नौ वर्ष
सङ्घीयता, गणतन्त्र र समावेशीकरण जस्ता उच्चतम लोकतान्त्रिक मूल्य समाहित नेपालको संविधान संविधान सभाबाट जारी भएको हो ।
भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौँसम्म हुन्छ ढुवानी
पहाडी जिल्ला भोजपुरका कृषकमा अकबरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ ।
पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प
भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबिच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ ।
संविधान संशोधन बहस : नौ सांसदका विचार
नेपालको संविधान २०७२ ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासको जगमा निर्माण भएको हो । संविधान सभाले जारी गरेको संविधान नौ वर्ष पूरा भएर १० वर्षमा टेकेको छ ।
साना तथा मझौला उद्योग प्रवर्द्धनमा महासङ्घ
नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ ।
आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड
नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नत हुन लागेका दुवै देशले सहज एवं दिगो स्तरोन्नतिका निम्ति उत्कृष्ट अभ्यास र अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएको छ ।
‘भाइचारा कायम रहनु पर्छ’
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले भाइचारा र सद्भावका साथ एकआपसमा मिलिजुली अगाडि बढ्न आग्रह गर्नुभएको छ । इस्लाम धर्मावलम्बीले मनाउने ह
प्रदेशले एकल लगानीका योजना अगाडि बढाउँछ : मुख्यमन्त्री
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश सरकारले अब एकल लगानीका योजना अगाडि बढाउने बताउनुभएको छ । जलदेवी सामुदायिक वन उपभोक्ता समूहको २५ औँ स्थापना दिवस एवं रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सङ्घ र स्थानीय सरकारसँग संयुक्त लगानी गरेर निर्माण भएका योजनामा प्रदेशको भूमिका नदेखिएको स्पष्ट पार्नुभयो ।
आजदेखि सोह्र श्राद्ध सुरु (फोटो फिचर)
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (बुधवार) देखि विधिवत् आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।
महिलालाई मन्दिर प्रवेशमा रोक
दोलखाको भीमेश्वर नगरपालिका–५ स्थितको पवित्र महाँकाल भगवतीको मन्दिरभित्र पसी महिलाले भगवतीको दर्शन गर्न गर्नु हुँदैन भन्ने प्रचलन रहिआएकाले महिलालाई भगवतीको मूर्ति हेर्न र मन्दिरभित्र पस्न निषेध गरिँदै आइएको छ ।
सशक्त महिला चित्रणमा ‘शाम्भाला’
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नाम र दाम कमाएर नेपाल भित्रिएको ‘शाम्भाला’ नेपाली चलचित्रघरमा प्रदर्शन भइरहेको छ ।
आशा भोसलेसँग मोहनले गाए
रन्जित गजमेरको सङ्गीतमा गायक मोहन राईले ‘यो हाम्रो माया’ बोलको गीत रेकर्ड गराउनुभएको छ ।
‘तिमीसँग बोल्न मन लाग्यो’
गीतकार डब्बु क्षत्रीको शब्द रहेको ‘तिमीसँग बोल्न मन लाग्यो...’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
दाना र चोकरको आयात घटाउन घाँस खेती प्रवर्धन कार्यक्रम
पशुपालनमा लागत घटाउन तनहुँमा घाँस खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी तथा पशुसेवाविज्ञ केन्द्र तनहुँले सो कार्यक्रम सञ्चालन गरेको हो ।
विषादी न्यूनीकरणमा सबैको सहयोग आवश्यक
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तरकारीमा विषादीको अत्यधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
सङ्घीयता कार्यान्वयन फितलो
सङ्घीय शासन व्यवस्था कार्यान्वयन भएको छ वर्ष भइसक्दा पनि सङ्घीयताको कार्यान्वयन प्रभावकारी बन्न सकेको छैन । कार्यान्वयमा ढिलाइ हुँदा सङ्घीय शासन व्यवस्थाप्रति आमनागरिकमा भ्रम सिर्जना हुँदै गएको छ । सङ्घीय व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारलाई ९९ बुँदे सुझावसहितको प्रतिवेदन बुझाए पनि प्रतिवेदनमा उल्लेख भएका अधिकांश बुँदा सरकारले कार्यान्वयन गरेको छैन ।
पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ
दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो ।
बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली जारी
बैङ्क खाता रोक्का र फुकुवासम्बन्धी व्यवस्था गर्न विनियमावली जारी भएको छ
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।
नौ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता
चालु आर्थिक वर्षको भदौ महिनामा झन्डै नौ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार भदौ महिनामा १९१ परियोजनामार्फत आठ अर्ब ९७ करोड ८७ लाख ९० हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।
आज देशभर मौसम सफा रहने
देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अर्थतन्त्रमा सुधारको सङ्केत, सरकारको आम्दानी र खर्च दुवै बढ्यो
आर्थिक गतिविधि सुस्ताउँदा दबाबमा परेको सरकारी खातामा सुधार आउन थालेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिना पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चमा भएको बढोत्तरीले अर्थतन्त्रमा सुधारका सङ्केत देखाएको हो ।
एक लाख पाँच हजारभन्दा बढी युवा दक्षिण कोरियामा
बितेका १६ वर्षमा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत एक लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगेका छन् । नेपाल र कोरिया सरकारबिच इपिएसमार्फत नेपाली श्रमिक लैजाने सम्झौता अनुसार सन् २००८ देखि हालसम्म एक लाख पाँच हजार ५४४ जना नेपाली युवा दक्षिण कोरिया पुगेका हुन् ।
‘स्थानीय तह घटाउनु पर्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका क्रममा प्रदेशलाई थप अधिकार दिनुपर्ने, स्थानीय तहको सङ्ख्या घटाइनुपर्ने र जिल्ला समन्वय समिति खारेज गरिनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।