• ११ असोज २०८१, शुक्रबार

प्रदेशले एकल लगानीका योजना अगाडि बढाउँछ : मुख्यमन्त्री

blog

नारायणगढमा केही समयअघि बाघबाट घाइते भएका पशुपति श्रेष्ठलाई आर्थिक सहयोगसहित सम्मान गर्नुहँुदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ । तस्बिर : वसन्त पराजुली

भरतपुर समाचारदाता 

नारायणगढ, असोज २ गते  । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश सरकारले अब एकल लगानीका योजना अगाडि बढाउने बताउनुभएको छ । 

जलदेवी सामुदायिक वन उपभोक्ता समूहको २५ औँ स्थापना दिवस एवं रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सङ्घ र स्थानीय सरकारसँग संयुक्त लगानी गरेर निर्माण भएका योजनामा प्रदेशको भूमिका नदेखिएको स्पष्ट पार्नुभयो । 

“अब अरूसँग परनिर्भर हुने कुरा अन्त्य गराँै । प्रदेश सरकारले आफ्ना योजना आफैँ अगाडि बढाउने छ,” उहाँको स्पष्ट भनाइ छ, “एउटै योजना प्रदेशले पनि गरेको छ । सङ्घ सरकारले पनि गरेको छ । त्यही योजनामा स्थानीय तहले पनि गरेको छ । यस्ता योजनामा गोलमाल हुन सक्ने सम्भावना बढी हुन्छ ।”

“प्रदेशको  योजनामा अब सङ्घ र स्थानीय तहले पनि लगानी गर्न पाउने छैन, सङ्घले ठुला आयोजना गर्ने हो । राष्ट्रिय महìवका आयोजना अगाडि सार्ने हो । प्रदेशले मझौला आयोजना गर्ने हो,” उहाँको भनाइ छ । उहाँले आफूहरूले मझौला खालका योजना अगाडि बढाउन लागेको जानकारी दिनुभयो ।

“योजनालाई प्राथमिकीकरण गराँै । पाँच वटा मात्रै बाटो बनाऊँ न, धेरै बाटो किन बनाउने ? जबसम्म प्रदेशको बाटो भनेर भन्न सक्दैनौँ तबसम्म प्रदेशको विकास  देखिँदैन । धेरै ठाउँमा होइन, निश्चित योजना बनाऊँ, त्यसको विकासमा लागौँ,” मुख्यमन्त्री लामाको भनाइ छ ।  उहाँले प्रदेशहरूले विकासको मोडेल दिन नसकेको पनि बताउनुभयो । उहाँले वन व्यवस्थापन अहिलेको चुनौती भएको बताउँदै वन व्यवस्थापनमा आउने चुनौती तथा बाधालाई ऐनबाटै समाधान खोज्नुपर्ने धारणा राख्नुभयो । 

“हामीले यत्रो उत्पादन गरेका छौँ । हामीसँग यति धेरै वन छ तर पनि विदेशी काठ ल्याउनुपर्ने बाध्यता किन प-यो ? अग्राखको काठ किन्न खोज्दा मलेसियाबाट आउने सस्तो हुने, हाम्रै देशमा उत्पादन हुने काठ चाहिँ किन महँगो हुने ?” उहाँको प्रश्न छ, “पहिला हामी सच्चिऊँ, अनि समाज सुधारौँ । समस्याको समाधान यहीँ निस्कने छ ।” कार्यव्रmममा प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले नेपाललाई विश्वमा पहिचान गराउने काम सामुदायिक वनले गरेको बताउँदै नेपालका सामुदायिक वनको संरक्षणमा जोड दिनुभयो । 

“सामुदायिक वन समुदायकै सम्पत्ति हो । जीवनोपयोगी हुन जरुरी छ । यसलाई उपभोक्ताको जीवनोपयोगी बनाउन आवश्यक छ । वन ऐन संशोधन गरेरै भए पनि जीवनोपयोगी बनाइने छ,” उहाँले भन्नुभयो । बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले नेपालमा वनभित्र काठ कुहिएर गएको गुनासो गर्नुभयो । 

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष ठाकुर भण्डारीलगायतले बोल्नुभएको थियो । कार्यव्रmममा वन उपभोक्ता समितिको रजत महोत्सव स्मारिका र वनको नक्सा अनावरण गरिएको थियो  । 

‘वातावरण संरक्षण सबैको दायित्व’ 

मकवानपुर समाचारदाताका अनुसार बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विविध कार्यव्रmम गरी मनाउने व्रmममा मङ्गलबार हेटौँडामा वृक्षरोपण गरिएको छ ।

बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय मकवानपुरको व्यवस्थापनमा हेटौँडा उपमहानगरपालिका–९ स्थित बेतखोल्सी सामुदायिक वन समूहको क्षेत्रमा रहेको दिव्य बालउद्यानमा वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण कार्यव्रmमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले वन र वातावरणको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले वनलाई उत्पादनसँग जोड्न आवश्यक भएको बताउनुभयो । कार्यव्रmममा प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल र वन तथा वातावरण मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले वनको संरक्षणसँगै उपयोगबारे बोल्नुभएको थियो । 

वृक्षरोपण कार्यव्रmममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत राकेशप्रसाद चन्द्रवंशीलगायत सामुदायिक वनका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो । वृक्षरोपण कार्यव्रmममा शमी, पलाँस, सीता, अशोकलगायत फूल प्रजातिका गरी सय वटा बिरुवा रोपिएको थियो ।

यसअघि मुख्यमन्त्री लामाले दिवसकै अवसरमा हेटौँडा प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, हेटौँडाको आयोजनामा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा १३ टिमको सहभागिता छ ।