• ११ असोज २०८१, शुक्रबार

‘तिमीसँग बोल्न मन लाग्यो’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २ गते । गीतकार डब्बु क्षत्रीको शब्द रहेको ‘तिमीसँग बोल्न मन लाग्यो...’ गीतको भिडियो सार्वजनिक गरिएको छ । डब्बुको गीतिसङ्ग्रह ‘गुलाबी स्वरहरू’ मा उक्त गीत समेटिएको छ । गीतको रचनासँगै भिडियोको निर्देशन पनि क्षत्रीले गर्नुभएको छ ।  

जुगल डङ्गोलको सङ्गीत रहेको गीतमा गायिका केन्जुमा सुब्बाको स्वर रहेको छ । विन्ध्यवासिनी म्युजिकको आधिकारिक युट्युब च्यानलबाट गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । भिडियोमा शर्मिला बुढाथोकी र यसराज गराचको अभिनय रहेको छ । भिडियोमा कृष्ण रसालको कोरियोग्राफी र प्रवीण सुवेदीको छायाङ्कन रहेको छ ।