• ११ असोज २०८१, शुक्रबार

‘भाइचारा कायम रहनु पर्छ’

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री सतीशकुमार सिंह । तस्बिर : लक्ष्मी चौधरी

जनकपुरधाम समाचारदाता

जनकपुरधाम, असोज २ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले भाइचारा र सद्भावका साथ एकआपसमा मिलिजुली अगाडि बढ्न आग्रह गर्नुभएको छ । 

इस्लाम धर्मावलम्बीले मनाउने हजरत मोहम्मद पैगम्बरको १४९९ औँ जन्मजयन्तीका अवसरमा जनकपुरधाममा मङ्गलबार आयोजित कार्यव्रmमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सम्पूर्ण धर्मावलम्बीलाई एकअर्कामा भाइचारा र सद्भावका साथ रहन आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “हामी सबै एक अभिभावकका सन्तान हौँ, त्यसकारण हामीबिच भाइचारा र सद्भाव सदैव रहन आवश्यक छ ।” उहाँले मुस्लिम समुदायका बालबालिकामा शिक्षाको कमी देखिएका कारण शिक्षामा विशेष ध्यान दिन आग्रहसमेत गर्नुभयो । 

रबिउन नूर कमिटीका अध्यक्ष अजिज राइनको अध्यक्षतामा आयोजित प्रदर्शनी कार्यव्रmममा मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिलअलि मियाँ, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर, लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद जयनुल राइन, जनकपुरधामका उपमहानगरपालिका प्रमुख मनोजकुमार साहलगायतको सहभागिता थियो । 

इस्लाम धर्मावलम्बीले यस महिनाको ९ तारिखदेखि नै ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिनको अवसरमा उत्सव मनाउने गर्छन् । 

‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन भने सोमबार नै थियो ।  

यसै अवसरमा मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको थियो भने सङ्घीय सरकारले इस्लाम धर्मावलम्बीलाई मात्र बिदा दिएको थियो ।