अवरुद्ध बिपी राजमार्ग एकतर्फी सञ्चालन
अविरल वर्षासँगै सडकमाथिबाट झरेको लेदोको कारण अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ । शुक्रबार बिहान करिब ९ः१५ को समयमा वर्षासँगै आएको लेदोको कारण विपी राजमार्ग अन्तर्गत रोसी गाउँपालिका –८ चारसय बेशीमा सडक अवरुद्ध भएको थियो ।
राप्ती राजमार्ग तीन दिन अवरुद्ध
राप्ती राजमार्गअन्तर्गत तुलसीपुरको राम्री देखि कपुरकोटसम्मको सडक तीन अवरुद्ध हुने भएको छ । सडक मर्मतका लागि तीन दिनसम्म त्यस क्षेत्रको सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै
सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुनै समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले राससलाई बताउनुभयो ।
चन्द्रमा कसरी बन्यो ?
सर्वमान्य परिकल्पनाका रूपमा परिचित चन्द्रमाको उत्पत्तिसम्बन्धी सिद्धान्तले भनेको छ,
वर्षाले अधिकांश आन्तरिक उडान प्रभावित
बुधवार रातीदेखि परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो ।
२०८१ साल असोज महिनाको राशिफल
सफलताको महिना रहेको छ । उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाने छ । आँटेका काममा महत्वपूर्ण सफलता हात पर्ला । शारीरिक एवं मानसिक आरोग्यता अनुकूल रहने छ । सन्तानको चिन्ताले केही पिरोल्ने छ । दाम्पत्य
प्रधानमन्त्री ओलीलाई राष्ट्रपति वाइडेनले गर्नुभयाे स्वागत
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यलाई अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा एक कार्यक्रमको आयोजना गरी स्वागत गर्नुभएको छ ।
बुढ्यौली उपचार सेवा बिस अस्पतालमा
ज्येष्ठ नागरिकको सहज उपचार सेवाका लागि लुम्बिनी प्रदेशका २० अस्पतालमा स्वस्थकर बुढ्यौली उपचार सेवा विस्तार भएको छ ।
मानव बेचबिखनका लागि जमुनाह जोखिमपूर्ण
पश्चिम नेपालका विभिन्न पहाडी र तराईका जिल्लाको प्रमुख नाकाका रूपमा रहेको नेपालगन्जस्थित जमुनाह नाका मानव बेचबिखनका लागि अति नै जोखिमपूर्ण मानिएको छ ।
पिकअपको ठक्करबाट महिलाको मृत्यु
झापाको शिवसताक्षी नगरपालिका ११ दुधेमा भएको सवारी दुर्घटनामा परी घाइते हुनुभएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
बन्दीपुर केबलकार सञ्चालनमा
मर्मत सम्भारपछि तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकार बिहीबारबाट सुचारु भएको छ । केबलकार सेवालाई थप सुरक्षित बनाउन मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही भदौ २४ गते देखि बन्द गरिएकोमा १६ दिन पछि सुचारु गरिएको हो ।
कालीगण्डकी करिडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ ।
बिमा बोर्डले भुक्तानी नगर्दा बेनी अस्पतालमा सेवा प्रभावित
बेनी अस्पतालमा असोज ९ गते उपचारका लागि आएकी थासाङ गाउँपालिका–३, मुस्ताङकी ७२ वर्षीय मनदेवी तुलाचनले नियमित खानुपर्ने औषधी अस्पतालको फार्मेसीमा पाउनुभएन ।
हट्यो पानी बोक्ने बाध्यता
तनहुँको बन्दीपुर गाउँपालिका–६ मा दूषित पानी खानुपर्ने तथा पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
खर्च घट्यो तर घटेन भाडा
गत एक वर्षमा कोशी पहाडी जिल्लामा धेरै विद्युतीय सार्वजनिक सवारीसाधनको प्रयोगमा आएका छन् । कोशी राजमार्ग हुँदै धनकुटा तेह्रथुम भोजपुर सङ्खुवासभाका विभिन्न स्थानमा दैनिक एक सयभन्दा बढी सार्वजनिक विद्युतीय सवारीसाधन गुड्छन् । जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारीमा आधा विद्युतीय सवारीसाधन नै रहेका छन् ।
नयाँघरेको ‘आगोको बीउ’
लेखक युवराज नयाँघरेको निबन्धसङ्ग्रह ‘आगोको बीउ’ बिहीबार राजधानीमा सार्वजनिक गरिएको छ ।
हरेक वर्ष थपिँदै स्थानीय तहमा बेरुजु
विकास निर्माणका लागि आएको बजेटलाई समेत आफूखुसी मनपरी ढङ्गले खर्च गर्ने समस्याले स्थानीय तहमा बेथिति बढ्दै गएका छन् ।
प्रादेशिक सडकको गुरुयोजना बनाइँदै
कर्णाली प्रदेश सरकारले प्रादेशिक सडकको गुरुयोजना निर्माण गर्ने भएको छ ।
आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै
मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको भेट्टाउनुभयो तर बस्तीका आधा जति घरमा मानिस भेटिएनन् ।
स्याउबाट एक करोड आम्दानी
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले यो वर्ष स्याउ बिक्री गरेर एक करोडभन्दा बढी रुपियाँ आम्दानी गरेका छन् ।
स्थानीय तहलाई अनुदान निकासा
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा रहेका स्थानीय तहलाई प्रदान गर्ने अनुदान निकासा गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रा
‘सुन्दर, समुन्नत र समृद्ध पालिका बनाउँछौँ’
सप्तरीको १८ स्थानीय तहमध्ये एक तिलाठी कोइलाडी गाउँपालिकामा राजविराज–कुनौली सडकको साथै अन्य सडकको पनि सुविधा छ । गाउँपालिकाको उत्तरमा महादेवा गाउँ
किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’
गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्नुहुन्छ । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति परिमाणमा ल्याए रु त्यसको मूल्य कति हो रु निर्धारण गरेर पठाउँदैमा बित्छ ।
सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कमा निर्मित कृषि उपज सङ्कलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ ।