• ११ असोज २०८१, शुक्रबार

बन्दीपुर केबलकार सञ्चालनमा

blog

सञ्चालनमा आएको बन्दीपुर केबलकार । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज ११  गते । मर्मत सम्भारपछि तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकार बिहीबारबाट सुचारु भएको छ । केबलकार सेवालाई थप सुरक्षित बनाउन मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही भदौ २४ गतेदेखि बन्द गरिएकोमा १६ दिनपछि सुचारु गरिएको हो ।

 बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडद्वारा प्रवर्द्धन गरिएको बन्दीपुर केबलकार परियोजनाले केबलकार सेवालाई थप सुरक्षित बनाउन नियमित मर्मत सम्भारलाई जोड दिएको र बिहीबार सुचारु भइसकेको केबलकारद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । मर्मत सम्भारका लागि १६ दिन बन्द गरिएको थियो ।

 बन्दीपुर गाउँपालिका वडा नम्बर ४ को डुम्रे बजार नजिकै केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दूरी ७ मिनेटमा पार गरी बन्दीपुर बजार पुग्न सकिन्छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले जेठ ३१ गतेबाट व्यावसायिक रूपमा बन्दीपुर केबलकार सुचारु गरेको थियो । बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले केबलकार सञ्चालन गरिएको हो ।