आज यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने
देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।
सजिलो छैन कला ग्यालरी थेग्न
कला एउटा निरन्तरको लगनशीलता हो । त्याग र तपस्या हो । त्यसैले त कला बहुमूल्य छ । कलाकारको मेहनत र सिर्जनाको मोलतोल गर्न भने कठिन छ ।
तेजप्रकाशको ‘माखाल’
स्रष्टा तेजप्रकाश श्रेष्ठको उपन्यास कृति ‘माखाल’ बिहीबार सार्वजनिक गरिएको छ ।
रामलीलाका कलाकार तयार पारिँदै
दसैँको बेला नेपालगन्जमा १५७ वर्षदेखि रामलीला मञ्चन हुँदै आएको छ ।
बजेट अभावले लुम्बिनी गुरुयोजना कार्यान्वयनमा कठिनाइ
लुम्बिनी विकास कोषका पदाधिकारीले लुम्बिनी गुरुयोजनाका लागि बजेट अभाव भएको गुनासो गर्नुभएको छ ।
माइक्रो दुर्घटनामा १६ जना घाइते
चितवन भरतपुर महानगर पालिका वडा नम्बर २९ पन्ध्र किलो स्थित मुग्लिङ नारायणगढ सडक खण्डमा भएको दुर्घटनामा १६ जना घाइते भएका छन् ।
उत्साहजनक निर्यात
पश्चिम नेपालको प्रमुख व्यापारिक नाका नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुमै रिट्ठा, तार्पिन तेल, खोटो रोजिनलगायतका पदार्थको निर्यातमा उत्साहजनक वृद्धि भएको छ ।
दोब्बर मूल्य लिएकासँग तीन लाख जरिबाना
चाडपर्वलक्षित संयुक्त बजार अनुगमन टोलीले बानेश्वरको जिम्बु थकाली रेस्टुरेन्टले उपभोक्ताबाट अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा दोब्बरसम्म लिएको भेटेपछि जरिबाना गरेको छ ।
दसैँअगावै भुक्तानी उपलब्ध गराउन माग
निर्माण व्यवसायीले दसैँअगावै बाँकी भुक्तानी उपलब्ध गराउन माग गरेका छन् ।
घटस्थापनादेखि स्याउ मेला
किसान भेन्चरले होटेल मनाङको सहकार्यमा स्याउ मेला आयोजना गर्ने भएको छ ।
एक महिनामा भित्रियो करिब एक खर्ब सैँतिस अर्ब रेमिट्यान्स
एक महिनाकै अवधिमा करिब एक खर्ब ३७ अर्ब रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
कांग्रेस बैठक आइतबार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८१ असोज १३ गते बस्ने भएको छ ।
राज्यसँग जोडियो सुस्ता
नारायणी नदीका कारण असहज जीवनयापन गर्न बाध्य सुस्तावासीले अब नदी तर्नका लागि जँघार तर्नु वा डुङ्गाको जोखिम मोल्नु नपर्ने भएको छ ।
सरकारको निवेदन हेर्न नमिल्ने इजलासमा
बागमतीलगायतका उपत्यकाका नदीकिनाराको मापदण्ड थप २० मिटर कायम गर्ने फैसला पुनरवलोकनका लागि सरकारले दर्ता गरेको निवेदन बिहीबार सुनुवाइ भएन ।
टिकटकबारे निर्देशनात्मक आदेश
सर्वोच्च अदालतले सामाजिक सञ्जाल टिकटक नियमनको आवश्यकता भएमा प्रचलित कानुन संशोधन गर्न सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ ।
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताउनुभएको छ ।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको छ ।
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचोः मन्त्री राणा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ (एएमआर)सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न आग्रह गर्नुभएको छ ।
मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच आज भेटवार्ता भएको छ ।
गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा सातको मृत्यु
इजरायलले एउटा विद्यालय-आश्रयस्थमा बिहीबार गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको गाजाका नागरिक सुरक्षा उद्धारकर्ताहरु बताएका छन् ।