• ११ असोज २०८१, शुक्रबार

मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट

blog

वाशिङ्टनडिसी अमेरिका,  असोज ११ गते ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ । 

भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो ।

उहाँले लैङ्कि समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताउनुभएको थियो । रासस