• ११ असोज २०८१, शुक्रबार

२०८१ साल असोज महिनाको राशिफल

blog

मेष :

सफलताको महिना रहेको छ । उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाने छ । आँटेका काममा महत्वपूर्ण सफलता हात पर्ला । शारीरिक एवं मानसिक आरोग्यता अनुकूल रहने छ । सन्तानको चिन्ताले केही पिरोल्ने छ । दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखा पर्छ । विवादमा विजय, प्रतिस्पर्धामा सफलता प्राप्त होला । आकस्मिक यात्रा एवं मनोरञ्जनका अवसर मिल्ने छन् । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ ।  महिनाको पूर्वार्धमा सामान्य खर्च वृद्धिको योग छ भने उत्तरार्धमा धनागमका साथै हर्ष आनन्दका अवसर मिल्ने छन् ।

वृष :

 शारीरिक परिश्रमका साथै मानसिक ताप केही बढेर जाने छ । आरोग्यता अनुकूल रहने छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्नेछन् । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही ज्यादा पर्न जाने छ । स्थान परिवर्तन एवं रमाइलो यात्राको सम्भावना छ । धार्मिक कार्यका साथै सामाजिक कार्यमा समेत अभिरुचि लाग्ने छ । पारिवारिक भेटघाटका साथै मनोरञ्जनका  अवसर मिल्ने छन् । आर्थिक पक्षका काममा सफलता मिल्ने छ ।

मिथुन :

 शारीरिक परिश्रमका साथै मानसिक ताप केही बढेर जाला । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । यात्रा एवं स्थान परिवर्तनको योग छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । अनावश्यक विवादमा पार्न सक्ने योग रहेकाले बोलीवचनमा विचार पु¥याउनुपर्ने छ । महिनाको पूर्वार्धमा खर्चको मात्रा बढेर जाने छ भने उत्तरार्धमा धनागम, रमाइलो भेटघाट, पारिवारिक सुखका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

कर्कट :

 उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाने छ । मनले सोचेका योजनामा सफलता मिल्ने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जाला । आर्थिक पक्षका कामबाट राम्रो सफलता मिल्ने छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा सफलता मिल्ने छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । विवादमा विजय मिल्नुका साथै प्रतिस्पर्धामा महत्वपूर्ण सफलता मिल्ने छ । लक्ष्मीको अनुग्रह रहनाले यथेष्ट आर्थिक लाभ गराउने छ । रमाइलो भेटघाटका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

सिंह :

मध्यम सफलताको महिना छ । शारीरिक आरोग्यता अनुकूल रहने छ । घरायसी खर्चको मात्रा बढेर जानाले व्यवहार चलाउन केही कठिनाइ हुन सक्छ । लेनदेनसम्बन्धी आर्थिक कारोबारमा हानिनोक्सानीको सम्भावना रहेकाले सावधानी अपनाउनुपर्ने देखिन्छ । महिनाको उत्तरार्धमा आकस्मिक यात्राका साथै मनोरञ्जनका अवसरह मिल्ने छन् । साथीभाइ एवं इष्टमित्रसँगको भेटघाटले मन रमाउने छ । महिनाको पूर्वार्धमा खर्चको मात्रा बढेर गए पनि उत्तरार्धमा धनागम एवं सफलताको अवसर प्राप्त हुने देखिन्छ ।

कन्या :

सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पुर्‍याउनुपर्ने देखिन्छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने छ । आँटेको काममा अनायासै नसोचेका समस्या आइपर्ने छन्  । बोलीका कारणले विवादमा पार्न सक्ने योग रहेकाले बोलीचालीमा विचार पु¥याउनुपर्ने देखिन्छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा लागेको अभिरुचि यथावत् रहने छ । महिनाको पूर्वार्धमा खर्च वृद्धिको योग रहे पनि उत्तरार्धमा  धनागम एवं हर्ष आनन्दका अवसर मिल्ने छन् ।

तुला: 

मध्यम सफलताको महिना छ । यात्रा एवं स्थान परिवर्तनको योग छ । सामान्य शारीरिक अस्वस्थताका साथै मानसिक ताप बढेर जाने देखिन्छ । भाग्यले साथ दिनाले आँटे ताकेका काममा सफलता मिल्ने छ । घरायसी खर्चको मात्रा बढेर जानुका साथै सन्तान एवं परिवारको चिन्ताले केही पिरोल्ने छ । महिनाको उत्तरार्धमा धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्ने देखिन्छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् ।

वृश्चिक : 

 सफलताको महिना रहेको छ । मनले सोचेका योजनामा सफलता प्राप्त होला । नयाँ धनागमका अवसर मिल्नाले आर्थिक पक्ष बलियो भएर जाने छ । सामाजिक एवं धार्मिक कार्यमा अभिरुचि लाग्ने छ । उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य प्रगति भएर जाने छ । विवाद एवं प्रतिस्पर्धामा सफलता मिल्ने छ । मानसम्मानका साथै पद प्रतिष्ठा बढ्ने सम्भावना छ । रमाइलो पारिवारिक वातावरणको अवसर मिल्ने छ । रमाइलो ठाउँको यात्राका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

धनु :

 उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य बढोत्तरी भएर जाने छ । मनले सोचेका योजनामा सफलता मिल्ने छ । आर्थिक पक्षका काममा महìवपूर्ण सफलता प्राप्त होला । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाला । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । भाग्यले साथ दिनाले  आँटे ताकेका काममा  सफलता मिल्ने छ ।   धार्मिक एवं सामाजिक कार्यमा मन लाग्ने छ । महिनाको पूर्वार्धमा काममा खर्च वृद्धि गराउने देखिए पनि उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

मकर :

कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने छ । मनले सोचेका योजनामा अनावश्यक बाधाअड्चन एवं ढिलासुस्ती गराउने देखिन्छ  । परिवारमा धार्मिक एवं माङ्गलिक शुभकार्यको आयोजना हुने छ । खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको स्थिति आइपर्न सक्ने छ । सामान्य विवादमा पार्न सक्ने योग रहेकाले बोलीचालीमा विचार पु¥याउनु पर्ला । दाम्पत्य सम्बन्धमा विश्वासको अभाव हुन सक्ने देखिन्छ । पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ । महिनाको उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् । 

कुम्भ :

यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्नेछ । सामान्य शारीरिक अस्वस्थताको योग रहेकाले खानपानमा विचार पु¥याउनुपर्ने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी पर्ने छ । घरायसी खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको स्थिति आइपर्ने छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा बाधाअड्चन आइपर्ने छन् । महिनाको उत्तरार्धमा रमाइलो ठाउँको यात्रा, आफन्तजनसँगको भेटघाट एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

मीन :

यात्रा एवं स्थान परिवर्तनको योग छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । आर्थिक पक्षका कामबाट राम्रै लाभ प्राप्त होला । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न जाने देखिन्छ । प्रतिस्पर्धामा सफलता मिल्ने छ । दाम्पत्य सम्बन्धमा मिठासको अनुभूति होला । धर्म कर्मका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि उत्पन्न हुने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । महिनाको उत्तरार्धमा हर्ष, आनन्द एवं मनोञ्जनका अवसर मिल्ने छन् ।   

–युवामञ्च    

Author

ज्यो. हरिप्रसाद पौडेल