सडकमै स्वास्थ्य परीक्षण : चालकमा उच्च रक्तचाप तथा आँखाको समस्या
बर्दिबासको बाटो भएर लामो दूरीमा सञ्चालित यात्रु बसका २७ जना चालकमा स्वास्थ्य समस्या देखिएको छ । परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले उहाँहरूमा उच्च रक्तचाप तथा आँखाको समस्या रहेको बताउनुभएको छ ।
आन्तरिक पर्यटकको रोजाइँमा रेसुङ्गा पार्क
दसैँ–तिहारको बिदाको समयमा रेसुङ्गा पार्क घुम्न जानेको सङ्ख्यामा वृद्धि भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङगाको गर्जुरामा निर्माण भएको पार्कमा बिदाको समयमा बालबालिकासहित घुम्न जानेहरुको प्रमुख स्थल बन्ने गरेको छ ।
खेलकुदमय बन्दै ताप्लेजुङ
चाडपर्वको समयसँगै अहिले ताप्लेजुङ खेलकुदमय बनेको छ । खेलाडीको उत्पादन तथा विकास गर्ने उद्देश्य र खेलकुद गतिविधिलाई मनोरञ्जनका रूपमा हेर्ने गरिएकाले चाडपर्वको समय खेलकुदमय हुन थालेको हो ।
कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनको तयारी
चीनसँग सीमाना जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाभित्र पर्ने कोरला नाकाको दशगजा नजिक अध्यागमन कार्यालय स्थापना गरी संचालनको तयारी गरिएको हो ।
भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताउनुभएको छ ।
इलाममा डेंगु सङ्क्रमण बढ्दो
पहाडी जिल्ला भए पनि इलाममा डेंगुको त्रास भने कायमै छ । अहिले पनि अस्पताल आएकाहरूमा डेंगु सङ्क्रमण देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
दुई हजारभन्दा बढीको निःशुल्क आँखा परीक्षण
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा दुई हजार ६२ जनाले सेवा लिएका छन् ।
अन्तरपालिका एकायन कराँतेको तयारी
प्रथम उपमेयर कप उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता २०८१ हुने भएको छ ।
वातावरण संरक्षण गर्ने उद्देश्यले इलेक्ट्रिक चुलो वितरण
रुपन्देहीको सैनामैना नगरपालिका १० र ११ का उपभोक्तालाई अनुदानमा इलेक्ट्रिक चुलो वितरण गरिएको छ ।
रोयल्टी बाँडफाँटको व्यवस्था पुनरावलोकन जरुरी: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश तहलाई वित्तीय क्षेत्रमा बलियो बनाउन राजस्व र रोयल्टी बाँडफाँटको व्यवस्थालाई पुनरावलोकन गर्न जरुरी रहेको बताउनुभएको छ ।
उपनिर्वाचन एक्लै लड्छौँः अध्यक्ष नेपाल
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह–उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी)ले एक्लै प्रतिस्पर्धा गर्ने भएको छ ।
युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का विषयलाई समेट्ने प्रतिबद्धता जनाउनुभएको छ ।
गाजामा नागरिकको अवस्था ‘असहनीय’
गाजापट्टीको उत्तरी भागमा चलिरहेको तीव्र इजरायली सैन्य कारबाहीमा भएको नरसंहार तथा विनाशले संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेर्रेस ‘स्तब्ध’ भएको उहाँका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
‘तिलिचो पुग्दा चाडपर्व बिर्सन्छन् पर्यटक’
शरद् ऋतुमा चक्रीय अन्नपूर्ण क्षेत्र पर्यटकका लागि घुमफिर गर्ने उत्तम समय हो । दसैँ सकिएको र तिहार आउनै लागेको बेला धेरैको रोजाइमा उत्कृष्ट गन्तव्यका रूपमा मनाङलाई लिने गरेको छ ।
प्रहरीद्वारा अवैध कपडा नियन्त्रणमा
सप्तरीको बोदेबर्साइन नगरपालिका-५ शत्रुधन चौकस्थितबाट अवैध कपडा प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा सुरु गर्दै तिलगङ्गा आँखा प्रतिष्ठान
तिलगङ्गा आँखा प्रतिष्ठानले ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ ।
ड्रागनखेतीमा जमेका लाहुरे
अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किनुभयो । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन ।
पालिकाहरूलाई एकीकृत स्वमूल्याङ्कन बुझाउँदै मन्त्रालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस वर्षदेखि पालिकाहरूमा एकीकृत रूपमा स्वमूल्याङ्कन गर्ने तयारी गरेको छ ।
व्यापारिक सम्बन्ध विस्तारका लागि स्पेनी प्रधानमन्त्री भारतमा
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा स्वागत गर्नुभएको छ ।
‘जनताको स्वास्थ्यमा समाजको स्वास्थ्य निर्भर छ’
नेपाल सरकार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी आम जनताको स्वास्थ्य अवस्था स्वस्थ नभए सिङ्गो समाज स्वस्थ नहुने बताउनुभएको छ ।
द्वन्द्व पीडितको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्व पीडितका समस्या समाधान गर्न समावेशी नीति र कानुनी संरचनाको निर्माण गर्दै पीडितहरूको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताउनुभएको छ ।
कडा रोगका बिरामी बढ्दै
बदलिँदो जीवन शैली, खानपान र वायु प्रदूषणलगायतका कारण पछिल्लो समय कडा रोगका बिरामीहरूको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
‘संसद् खोज पत्रकारिताको नियमित स्रोत हो’
कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले संसद् खोज पत्रकारिताको नियमित स्रोत भएको बताउनुभएको छ ।
गरुडनारायणको मूर्ति प्रहरी कार्यालयबाटै गायब
बौद्धको चाँदनी चोक, ढुङ्गेधारामा करिब नौ वर्ष अघि भेटिएको गरुडनारायणको मूर्ति प्रहरी कार्यालयबाटै हराएको स्थानीयको गुनासो छ ।