उज्यालो सहर बनाउने अभियान
लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र बुटवललाई उज्यालो सहर बनाउने अभियान थालिएको छ ।
पिलीको आकर्षण बढ्दै
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–७, पिली पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
एउटै वडाबाट तीन करोडको सुन्तला बिक्री
तनहुँको देवघाट गाउँपालिकाको एउटै वडाबाट तीन करोड बढीको सुन्तला बिक्री भएको छ । वडा नम्बर–३ का किसानले बिक्री गरेका हुन् । बाटक, लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराको बासिन्दाले सो मूल्यभन्दा बढीको सुन्तला बिक्री गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
छाउ भएकालाई घिउ चल्ने, दूध नचल्ने
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला मङ्गलबार दार्चुलाको शैल्यशिखर नगरपालिका–५, लेकगाउँमा घाँस काट्न साउनलोटे वनमा गएकी ३९ वर्षीय दुर्गा रावल मृत अवस्थामा फेला पर्नुभएको छ ।
शैक्षिक सुधार अभियानमा पालिका
शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफलका लागि रामारोशन गाउँपालिकाले अभियान थालनी गरेको छ ।
हुग्दी खोलामा थप २० हजार माछाका भुरा छाडियो
खोलामा माछा पाउँन छाडेपछि रुरु हाइड्रोपावर परियोजनाले हुग्दी खोलामा थप २० हजार माछाका भुरा छाडेको छ । केही महिना पहिले १० हजार माछाका भुरा छाडेको परियोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नैनी, रहुँ र भ्याकुर प्रजातीका भुरा छाडेको थियो ।
अन्तिम चरणमा बाघखोला पुल
मदन भण्डारी राजमार्ग अन्तर्गत धरान–चतरा सडकखण्डमा पर्ने बाघखोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने बगुवाखोलामा पुल निर्माण गर्न थालिएको छ । दुवै पुल
औल झर्दै बाजुराका भेडीगोठ
बाजुराको पूर्वीउत्तर भेगमा पर्ने बुढीनन्दा, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका भेडीगोठ अहिले धमाधम औल झर्न थालेका छन् ।
करको टोली आउँदा बजार बन्द
आन्तरिक राजस्व कार्यालय दाङको एक टोली रुकुमपश्चिम आइपुगेको छ । कर कार्यालयको टोली आउँदा यहाँका केही व्यापारीहरुले पसल बन्द गरेका छन् ।
महिला सशक्तीकरण कार्यक्रम सुरु
कर्णाली प्रदेशमा महिला घरमूलीको सङ्ख्या अरू प्रदेशभन्दा कम पाइएको छ ।
घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माणमा ढिलाइ प्रति प्रदेश सरकारको चासो
लमजुङको दुई पर्यटकीय स्थल घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माण कछुवा गतिमा भएको छ ।सडक निर्माणमा ढिलाई भएपछि गण्डकी प्रदलेश सरकारले चासो राखेको छ । क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्म पर्ने सडकखण्डको निरीक्षण गरिएको छ ।
आँखाको शल्यक्रियापछि वृद्धवृद्धा खुसी
रुकुमपश्चिमको चौरजहारीमा ११० जना आँखाका बिरामीको मोतीविन्दुको शल्यक्रिया गरिएको छ ।
पर्यटन सूचना केन्द्रमा कर्मचारी आवास
पर्यटकलाई सूचना प्रवाह गर्नका लागि स्थापना गरिएको मुगुको हुटुमा स्थापित पर्यटक सूचना केन्द्रलाई रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारीले आवासका लागि प्रयोग गर्दै आएका छन् ।
नेपाल प्रहरीमा नयाँ भर्ना खुला (सूचनासहित)
प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरुमा दरखास्त माग गरेको छ । कार्यालय शुक्रबार सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।
म्याग्दीमा आठ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण
जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठवटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक–एक, मालिका र रघुगङ्गा गाउँपालिकामा दुई–दुईवटा स्वास्थ्य चौकी भवन निर्माण भएका हुन् ।
कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै
यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो समुदायले हरेक वर्ष विवाह पञ्चमीमा लवाङ्गी पूजा गर्दै आएको छ ।
दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा रु दुई करोड ७२ लाख लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ ।
तीन करोड लागतमा सभाहल निर्माण
म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको रु तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ ।
उत्पादनसँगै बजारीकरणमा जोड दिँदै वालिङ नगरपालिका
स्याङ्जाको वालिङ नगरपालिकाले कृषि उत्पादनसँगै बजारीकरणमा जोड दिने भएको छ । पालिकाले कृषिमा दीर्घकालीन योजना बनाएर सम्भावना खोज्ने र उत्पादन बढाउने अभियानमा जुटेको हो ।
डढेलो र आगलागीको जोखिम : तयारी थाल्न विज्ञको सुझाव
पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर लागेपछि आगलागीका घटना बढ्न थालेको छ । दैनिक आगलागीका घटना भइरहेका छन् ।
मटकोर विधि सम्पन्न, आज वैवाहिक समारोह
त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान् राम र जगत् जननी जानकीबिच भएको विवाहको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ ।
चार महिनामा दुई सय ६३ वटा उद्योग–व्यवसाय बन्द
चालु आर्थिक वर्षको चार महिनामा दाङमा दुई सय ६३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बन्द हुनेमा एक सय नौ उद्योग र एक सय ५४ वटा व्यावसायिक फर्म रहेका छन् ।
गाँजासहित अटो नियन्त्रणमा
सुनसरी जिल्लाको बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करीब ३५ किलोग्राम गाँजासहितको अटो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा
गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरू गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट सुरू गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालयले समस्याग्रस्त आयोजनाका रूपमा सूचीकृत गरेको हो ।