सिकैँचाको उपनिर्वाचन मर्यादित
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाको उपनिर्वाचन मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचन मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपियाँ
सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपियाँ तोकेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्नुभएको हो ।
उपनिर्वाचनमा ६२ प्रतिशत मतदान : निर्वाचन आयोग
निर्वाचन आयोगले आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको अहिलेसम्म प्राप्त विवरण अनुसार ६२ प्रतिशत मतदान भएको जनाएको छ।
लुम्बिनीलाई एनसेलको साथ
नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सलाई एनसेलले मुख्य प्रायोजन गरेको छ ।
कपिलवस्तुको शुद्धोधन १ मा ६९ प्रतिशतभन्दा बढी मतदान
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा शान्ति पूर्ण वातावरणमा उपनिर्वाचन सम्पन्न भएको छ।
दार्चुलामा उत्साहजनक मतदान, ६९ प्रतिशत मत खस्यो
दार्चुलाको दुहुँ गाउँपालिका–५ मा उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । कुल एक हजार २७२ मतदाता रहेको दुहुँ ५ मा बेलुकी ५ बजेसम्म करिब ६९ प्रतिशत अर्थात् ८७७ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राजनीतिक अस्थिरताले काम गर्नै सकिएन : मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले राजनीतिक अस्थिरताका कारण छिटो-छिटो सरकार फेरिँदा काम गर्न समस्या परेको बताउनुभएको छ।
सानीभेरीमा करिब ८० प्रतिशत मत खस्यो
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –५ को वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा करिब ८० प्रतिशत खसेको छ ।
गोविन्द भट्टको ‘जुनेली’ सार्वजनिक
लोकप्रिय गीतकार गोविन्द भट्टको पछिल्लो म्युजिक भिडियो ‘जुनेली’ सार्वजनिक भएको छ । आइतबार ‘गरिमा फिल्मस्’ मार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो ।
ओखलढुङ्गामा करिब ५८ प्रतिशत मत खस्यो
ओखलढुङ्गाको मोलुङ गाउँपालिका –५ मा भएको उपनिर्वाचनमा करिब ५८ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा ५७.९६ प्रतिशत मतदाताले मतदान गरेको हुन् ।
कथा प्रतियोगिताले प्रतिस्पर्धीको क्षमता बढाएको छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताले प्रतिस्पर्धीको क्षमता र अभिव्यक्तिको स्तरलाई बढाएको बताउनुभएको छ।
शिखर धवनद्वारा पशुपति दर्शन
नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आउनुभएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा ११५ को उपचार
बाँकेको राप्तिसोनारी गाउँपालिकामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको नाक कान घाँटीको चेकजाँच र उपचार गरिएको छ ।
प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जानुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि भोलि सोमबार बिहान बेइजिङ प्रस्थान गर्नुहुने भएको छ ।
तानसेनमा दोस्रो मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
पाल्पाको तानसेनमामा तानसेन नगर स्तरीय दोस्रो मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आयोजनामा दोस्रो मेयर क्रिकेट कप आजबाट टुँडिखेल मैदानमा सुरु भएको हो ।
पुटिनद्वारा सन् २०२५ देखि २०२७ सम्मका लागि सङ्घीय बजेट अनुमोदन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ का लागि सङ्घीय बजेट अनुमोदन गर्नुभएको छ । उहाँले सन् २०२६ देखि २०२७ सम्मका लागि तय गरिएको बजेट योजना पनि स्वीकृत गर्नुभएको छ ।
जाजरकोटमा १० हजार बढी मत खस्यो
जाजरकोटमा अहिले दिउँसो ३ बजे सम्ममा १० हजार बढी मत खसेको छ।
यु–१९ एसिया कप क्रिकेट : बङ्गलादेशसँग नेपालको फराकिलो हार
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार खेपेको छ । समूह ‘बी’ अन्तर्गत आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भयो ।
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँ दिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
सुनसरीको गढी गाउँपालिकामा आजै रातिबाट मतगणना हुने
सुनसरीको गढी गाउँपालिका ६ को वडाअध्यक्ष पदको मतगणना आजै रातिबाट सुरु हुने भएको छ । स्थानीय तह उपनिर्वाचनमा आइतबार गढी गाउँपालिका वडा नम्बर ६ मा दुई हजार ५४५ मतदान भएको छ ।
कपिलवस्तुको मतगणना आजै रातिदेखि सुरु हुने
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा अध्यक्ष पदको मतगणना आइतबार राति ८ बजेबाट सुरु हुने भएको छ ।
लुम्बिनी कप महिला फुटबल फागुनमा
नेपालगन्जमा आगामी फागुन अन्तिम साता लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा अन्तरालको आयोजनामा लुम्बिनी कप हुने भएको हो ।
गुल्मी मुसिकोट–१ को उपनिर्वाचनमा ५४ प्रतिशत मत खस्यो
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ को वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५४ प्रतिशतले मतदान गरेका छन् ।
नेपालको यात्रा सेमिफाइनलमै रोकियो
दृष्टिविहीन पुरुष टी–२० विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै रोकिएको छ । आइतबार भएको सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भयो ।