काठमाडौँ, मङ्सिर १६ गते । नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सलाई एनसेलले मुख्य प्रायोजन गरेको छ ।
प्रयोजनसम्बन्धी सम्झौता पत्रमा आइतबार लुम्बिनीका मालिक ईश्वर जिसी र एनसेलका एमडी जबर कायुमोभले हस्ताक्षर गर्नुभयो । सम्झौता रकम भने खुलाइएको छैन ।
सम्झौता कार्यक्रममा अभिनेता तथा लुम्बिनीका ब्रान्ड एम्बासडर, कप्तान रोहितकुमार पौडेल, मुख्य प्रशिक्षक नन्दन फडनिस, टोलीका खेलाडीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा लुम्बिनीको जर्सी पनि सार्वजनिक गरिएको छ ।
एनसेल एनपिएलको सहप्रायोजक पनि हो । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा शनिबार देखि सुरु भएको एनपिएलमा लुम्बिनीसँगै आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।