इलामको रेड डेभिल्स माइजोगमाई विजयी
ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा इलामको रेड डेभिल्स माइजोगमाई विजयी भएको छ।
रोल्पामा पुरिएका पाँच मजदुरको शव जिल्ला अस्पताल ल्याइयो
आइतबार बिहान रोल्पाको सुनछहरी गाउँपालिका-३ मा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा मृत्यु भएका पाँच जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पा ल्याइएको छ।
जनसहयोगलाई फोर्टिन स्टार कप उपाधि
पाँचौँ फोर्टिन स्टार कप छात्र फुटबलको उपाधि जनसहयोग माध्यमिक विद्यालयले जितेको छ ।
ढुक्क हुनुहोस्, सरकार दायाँबायाँ हुँदैन: सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार राजनीतिक स्थायित्वका साथै सङ्घीयताको सबलीकरणका लागि आवश्यक सुधारमा कटिबद्ध भएर लागिरहेको बताउनुभएको छ।
एनओसीले सदस्यता दिनुपर्ने ६ सङ्घको माग
नेपाली खेलकुदमा सक्रिय ६ वटा खेल सङ्घले नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नियम अनुसार आफूहरूलाई सदस्यता नदिएर झुकाउने गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री सोमबार चीनको औपचारिक भ्रमणमा जानुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्नुहुने भएको छ।
ठाकुरबाबामा ६३.८ प्रतिशत मतदान
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा वडा अध्यक्ष पदका लागि भएको उपचुनावमा मतदान सम्पन्न भएको छ । सो उपचुनावमा ६३.८ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बङ्गलादेशमा पूर्व प्रधानमन्त्रीमाथि ग्रेनेड आक्रमणको अभियोग खारेज
पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध सन् २००४ को घातक ग्रेनेड आक्रमणको मास्टरमाइन्डको आरोपमा एक शीर्ष बङ्गलादेशी राजनीतिज्ञलाई दोषमुक्त गरिएको छ ।
सिकैँचाको उपनिर्वाचन मर्यादित
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाको उपनिर्वाचन मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचन मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपियाँ
सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपियाँ तोकेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्नुभएको हो ।
उपनिर्वाचनमा ६२ प्रतिशत मतदान : निर्वाचन आयोग
निर्वाचन आयोगले आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको अहिलेसम्म प्राप्त विवरण अनुसार ६२ प्रतिशत मतदान भएको जनाएको छ।
लुम्बिनीलाई एनसेलको साथ
नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सलाई एनसेलले मुख्य प्रायोजन गरेको छ ।
कपिलवस्तुको शुद्धोधन १ मा ६९ प्रतिशतभन्दा बढी मतदान
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा शान्ति पूर्ण वातावरणमा उपनिर्वाचन सम्पन्न भएको छ।
दार्चुलामा उत्साहजनक मतदान, ६९ प्रतिशत मत खस्यो
दार्चुलाको दुहुँ गाउँपालिका–५ मा उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । कुल एक हजार २७२ मतदाता रहेको दुहुँ ५ मा बेलुकी ५ बजेसम्म करिब ६९ प्रतिशत अर्थात् ८७७ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राजनीतिक अस्थिरताले काम गर्नै सकिएन : मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले राजनीतिक अस्थिरताका कारण छिटो-छिटो सरकार फेरिँदा काम गर्न समस्या परेको बताउनुभएको छ।
सानीभेरीमा करिब ८० प्रतिशत मत खस्यो
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –५ को वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा करिब ८० प्रतिशत खसेको छ ।
गोविन्द भट्टको ‘जुनेली’ सार्वजनिक
लोकप्रिय गीतकार गोविन्द भट्टको पछिल्लो म्युजिक भिडियो ‘जुनेली’ सार्वजनिक भएको छ । आइतबार ‘गरिमा फिल्मस्’ मार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो ।
ओखलढुङ्गामा करिब ५८ प्रतिशत मत खस्यो
ओखलढुङ्गाको मोलुङ गाउँपालिका –५ मा भएको उपनिर्वाचनमा करिब ५८ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा ५७.९६ प्रतिशत मतदाताले मतदान गरेको हुन् ।
कथा प्रतियोगिताले प्रतिस्पर्धीको क्षमता बढाएको छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताले प्रतिस्पर्धीको क्षमता र अभिव्यक्तिको स्तरलाई बढाएको बताउनुभएको छ।
शिखर धवनद्वारा पशुपति दर्शन
नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आउनुभएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा ११५ को उपचार
बाँकेको राप्तिसोनारी गाउँपालिकामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको नाक कान घाँटीको चेकजाँच र उपचार गरिएको छ ।
प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जानुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि भोलि सोमबार बिहान बेइजिङ प्रस्थान गर्नुहुने भएको छ ।
तानसेनमा दोस्रो मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
पाल्पाको तानसेनमामा तानसेन नगर स्तरीय दोस्रो मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आयोजनामा दोस्रो मेयर क्रिकेट कप आजबाट टुँडिखेल मैदानमा सुरु भएको हो ।
पुटिनद्वारा सन् २०२५ देखि २०२७ सम्मका लागि सङ्घीय बजेट अनुमोदन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ का लागि सङ्घीय बजेट अनुमोदन गर्नुभएको छ । उहाँले सन् २०२६ देखि २०२७ सम्मका लागि तय गरिएको बजेट योजना पनि स्वीकृत गर्नुभएको छ ।