रमेश विश्वकर्मा
गुल्मी, मङ्सिर १६ गते । पाँचौँ फोर्टिन स्टार कप छात्र फुटबलको उपाधि जनसहयोग माध्यमिक विद्यालयले जितेको छ ।
तम्घासस्थित फोर्टिन स्टार युवा क्लबको आयोजनामा आइतबार भएको फाइनल खेलमा जनसहयोगले महेन्द्र माध्यमिक विद्यालय तम्घासलाई १–० गोलले हरायो । जनसहयोगका जितमा सन्तोष परियारले गोल गर्नुभयो । उपाधिसँगै जनसहयोगले ३५ हजार रुपियाँ पुरस्कार पायो ।
उपविजेतामहेन्द्र माध्यमिक विद्यालयले २५ हजार रुपियाँ पायो । मङ्सिर ११ गते सञ्चालन भएको खेलमा सबैभन्दा धेरै गोल गर्ने सिद्धबाबा माध्यमिक विद्यालयका सुजन बस्नेत, वेष्ट गोल अफ टुर्नामेन्ट रिडर्स पब्लिक हाई स्कुलका रिलेस श्रीस, फेयर प्ले टिम ब्रिलियन्ट युनाइटेड एकेडेमी, जनसहयोग माध्यमिक विद्यालयका प्रिन्स गुरुङ इमर्जिङ्ग प्लेयरको रूपमा र सुवास सोमै वेष्ट किपर बन्नुभयो ।
जनसहयोगका कप्तान सन्देश सार्की वेष्ट डिफेन्टर, सुदिप सार्की वेष्ट प्लेयर अफ टुर्नामेन्ट, महेन्द्र माध्यमिक विद्यालयका उमेश श्रीस फेयर प्लेयर, महेन्द्र माविका कप्तान भुवन ढेगा वेष्ट मिड फिल्डर, जनसहयोग माध्यमिक विद्यालयका कप्तान सन्दीप परियारलाई फाइनल खेलको म्यान अफ दि म्याच र महेन्द्र माध्यमिक विद्यालयका किपर आकाश घर्ती मगरलाई फेयर प्ले अवार्ड प्रदान गरिएको छ ।