नामकरण विवादले बाह्र वर्षदेखि अलपत्र सङ्ग्रहालय
बागलुङ नगरपालिका –१ बाङ्गेचौरमा निर्माणाधीन बागलुङ सङ्ग्रहालय विगत बाह्र वर्षदेखि अलपत्र परेको छ । रामरेखा सामुदायिक वनको जग्गामा निर्माणाधीन सङ्ग्रहालय कुनै पनि पक्षले स्वामित्व ग्रहण नगर्दा निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको हो ।
जलवायु परिवर्तन : न वर्षा न हिमपात
यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन ।
आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ
तीन दिनअघि आत्महत्या गरेर मृत्यु भएकी एक जना महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या गरेको भनिएकी महिलाका माइती पक्षले छोरीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै प्रहरीकहाँ उजुरी दिएपछि श्रीमानलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
साउदी जेलमा रहनुभएका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगत दुई वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीबाट अस्पतालको नवनिर्मित भवन उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौँडा अस्पतालको हेटौँडा उपमहानगरपालिका १ मा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । हेटौँडा अस्पताल परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले ७० शय्याको अस्पतालको नवनिर्मित भवनको मङ्गलबार उद्घाटन गर्नुभएको हो ।
थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज
नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्द गरेको छ । सोमबार प्राधिकरणले थाइ एयरवेजले विगत लामो समयदेखि सेल्फ ग्राउण्ड ह्याण्डलिङ म्याद नगरेर खारेज गरेको प्राधिकरणका उप–महानिर्देशक एवम् प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभएको हो ।
स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यदिशा बारे नागरिक स्तरमा छलफल
कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय भावी कार्यदिशा बारे सुदूरपश्चिमका नागरिक स्तरमा छलफल हुन थालेको छ ।
बाइक राइडर र ट्याक्सी ड्राइभरलाई श्रम स्वीकृति नदिइने
वैदेशिक रोजगार विभागले रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति नदिने भएको छ । विभागले सोमबार सूचना सार्वजनिक गर्दै अर्को निर्णय नभएसम्म उक्त श्रम स्वीकृति नदिने जानकारी गराएको हो ।
रुग्ण आयोजनाको अवस्थाबारे जानकारी माग
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सम्झौताअनुसार निर्धारित समयमा गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ ।