लागूऔषधका तेह्र कारोबारी पक्राउ
लागूऔषध नियन्त्रण ब्युरोले नेपालमा प्रयोग हुने औषधिजन्य लागूऔषधका मुख्य कारोबारीसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार थाइल्यान्डका, दुई भारतीय र सात जना नेपाली नागरिक छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ब्युरो लागूऔषधका मुख्य कारोबारीसम्म पुग्न सफल भएको हो ।
गोरखापत्र नेपाली जनताको आवश्यकता र ढुकढुकी हो : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र नेपालको इतिहास मात्र नभएर नेपाली जनताको आवश्यकता र ढुकढुकी भएको बताउनुभएको छ।
मुख्यमन्त्रीद्वारा चालक अनुमतिपत्र परीक्षा सञ्चालनकाे सुरूवात
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले नयाँ व्यवस्थाबमोजिम सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालनको उद्घाटन गर्नुभएको छ ।
ज्यामिरेमा बहुउद्देश्यीय भवन सञ्चालनमा
पुतलीबजार नगरपालिका – २ ज्यामिरेमा स्थानीयले बहुउद्देश्यीय भवन निर्माण गरेका छन् ।
ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक 'डाइभर्ट' गरिने
ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ ।
पूजासामग्री बिक्रीबाट मासिक ७० हजारसम्म आम्दानी
कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौं आउनुभएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, “खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजासामग्रीको पसल राख्नू ।”
रानीमहलमा आउने जोडीलाई सम्मान (फोटो फिचर)
प्रणय दिवसका अवसरमा आज (मङ्गलबार) रानीमहलमा पुग्ने जोडीलाई सम्मान गरिएको छ । प्रेम साटासाट गर्न रानीमहल पुगेका प्रेम जोडीलाई तानसेन नगरपालिका, नाटा लुम्बिनी र नाटा पाल्पा च्याप्टरले सम्मान गरेको हो ।
पठाओको चर्को 'अफलाइन' मोलमोलाइ
सार्वजनिक सवारीसाधन नचलेपछि पठाओ र निजी मोटरसाइकलले मनोमानी भाडा लिएर यात्रु चढाउने गरेका छन् । सरकार र यातायात व्यावसायीबीच भएको वार्तापछि आन्दोलनका कार्यक्रम स्थगित भए पनि अहिलेसम्म सार्वजनिक सवारी चलेका छैन ।
रेडियो नेपालको सेवा परिवर्तित समयसँगै सुधार गरौँ : मन्त्री शर्मा
सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले परिवर्तित समयसँगै रेडियोको नेपालको सेवालाई सुधार गर्दै लैजान निर्देशन दिनुभएको छ ।