मासु बेचेर दैनिक पाँच हजार रुपियाँ आम्दानी
पढाइको सिलसिलामा सदरमुकाम चरीकोट पसेर व्यवसायमा लाग्नु भएका दोलखाको वैतेश्वर गाउँपालिका –८ क्षत्रपाका शान्तबहादुर जिरेलले सञ्चालन गर्नुभएको मासु पसलबाट दैनिक पाँच हजार रुपियाँ आम्दानी गरिरहनुभएको छ ।
प्रधानमन्त्रीद्वारा राससको ६२औँ वार्षिकोत्सव समारोह उद्घाटन
राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
कपिलवस्तु कारागारबाट १० जना कैदी रिहा
७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका १० जना कैदीबन्दी रिहा भएका छन् । कपिलवस्तु जिल्लाका ५ जना, रुपन्देही जिल्लाका ३ जना, चितवनका १ जना र कैलालीका १ जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैदमुक्त गरिएको गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोजकुमार शैनिले बताउनुभयो ।
शिक्षक सङ्गठन ताप्लेजुङ अध्यक्षमा विष्ट
ताप्लेजुङस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको अध्यक्षमा तुलसीप्रसाद विष्ट चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट विष्ट अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार हुँदै
सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार हुने भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक तीन वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो ।
डोल्पामा माटोले पुरिएर दुई कामदार घाइते
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– २ मा पर्ने रसीमा माटोमा पुरिएर दुई कामदार गम्भीर घाइते भएका छन् ।
भौतिक विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिमाणात्मक थालनी गरेकोमा खुसी व्यक्त गर्नुभएको छ।
मन्त्री मोदीद्वारा सिंघिया खोलामा निर्माणाधीन पुल अनुगमन
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले बुढीगंगा र ग्रामथान गाउँपालिकाको सिमानामा पर्ने सिंघिया खोला पुलको निरीक्षण गर्नुभएको छ ।
बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री तथा ७३ औँ प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ।