प्रज्ञाका आजीवन सदस्यको दोहोरो सुविधा कटौती
नेपाल प्रज्ञाप्रतिष्ठानले अन्य संस्थाबाट पनि मासिक सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यलाई प्रतिष्ठानको तर्फबाट दिइरहेको मासिक सुविधा कटौती गरेको छ । त्यस्तो सुविधा फागुनदेखि रोक्ने निर्णय गरिएको प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । भाषासाहित्य, संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका व्यक्तिलाई प्रतिष्ठानले आजीवन सदस्यता प्रदान गर्छ । यस्ता सदस्य २२ जना छन् । आजीवन सदस्यले अन्य क्षेत्रबाट सेवानिवृत्त भएपछि पाइरहेको सुविधाको अतिरिक्त प्रतिष्ठानले उपलब्ध गराउने सुविधा पनि लिइरहेका थिए । प्रतिष्ठानका कुलपति भूपाल राईले अरूलाई नैतिकता र संस्कारको पाठ सिकाउने प्राज्ञले नै दोहोरो सुविधा लिँदा जनमानसमा नकारात्मक सन्देश गएकाले दोहोरो सुविधा नदिने निर्णय गरिएको बताउनुभयो ।
प्रधानमन्त्रीद्वारा विश्वासको मत लिने तयारी
तत्कालीन सत्ता गठबन्धनका प्रमुख साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बहिर्गमनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संवैधानिक दायित्व थपिएका छन्। उहाँले प्रतिनिधि सभामा फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
राष्ट्रपतिको निर्वाचन: आदिवासी वा गैरआदिवासीको कुरा गौण
राष्ट्रपति चयनका लागि फागुन २५ गते हुने निर्वाचनका लागि संसद्मा प्रतिनिधित्व गर्ने आठ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।
कर्मचारीको उमेर हद: साठी वर्षमा सहमति, गणनामा विमति
सङ्घीय निजामती सेवा ऐनमा कर्मचारीको निश्चित अवधि थपेर ६० वर्ष बनाउने वा एकमुष्ट रूपमा ६० वर्ष बनाउने भन्नेबारेमा मतैक्य हुनसकेको छैन। ऐनमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष बनाउन भने सबै सहमत छन्।
मगर पहिरनमा सजिएका युवतीहरु
आज ४१औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा मगर पहिरनमा सजिएका मगर युवतीहरु ।
प्रज्ञा प्रतिष्ठानका सदस्यहरुको मासिक पारिश्रमिकमा कटौती
नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यहरुलाई दिइँदैआएको मासिक पारिश्रमिक कटौती गरेको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानले सो निर्णय गरिएको जानकारी गराएको हो ।
जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने
नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।
पढ्दै खेती गर्दै भृकुटी विद्यालयका विद्यार्थी
कपिलवस्तुको भृकुटी माध्यमिक विद्यालयले पढाइसँगै कृषि अभ्यासमा जोड दिएको छ । बुद्घभूमि नगरपालिका –४, बुड्ढीको सो विद्यालयले गत २०७३ देखि कृषिको अभ्याससँगै अध्यापन सुरु गरेको हो ।
कान्ति लोकपथ चैत १० गतेसम्म बन्द हुने
हेटौँडा हुँदै ललितपुर जोड्ने कान्ति लोकपथ मर्मत सम्भारको लागि बन्द हुनेभएको छ । आगामी चैत १० गतेसम्म कान्ति लोकपथको दुईतर्फी आवागमन बन्द हुनेभएको हो ।