जलाशय पुरिँदा कालिगण्डकी जलयात्रा सङ्कटमा
‘कालीगण्डकी ए’ जलविद्युत् आयोजनाले निर्माण भएको बाँधमा बनेको जलाशय सञ्चालनमा आएको जलयात्रा पछिल्लो समय सङ्कटमा परेको छ । कालिगण्डकी करिडोर र छेउछाउँमा मोटरबाटोकाे माटो जलाशयमा खस्दा जलयात्रा सङ्कटमा परेको हो ।
सडक निर्माणमा ढिलासुस्ती : १८ महिने सम्झौताको म्याद ४८ महिना थपियो
रुपन्देहीको सिद्धार्थनगर भैरहवाका १९ वटा सडक ६ वर्षदेखि सम्पन्न हुन सकेको छैन । सङ्घीय आयोजना कार्यान्वयन एकाइ भैरहवाअन्तर्गत सघन शहरी विकास कार्यक्रममा सडक विस्तार तथा स्तरोन्नतीका लागि छनोट भएका ती सडक २०७४ असार २९ गते १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।
बेनी नगरको लोगो बनाउनेलाई २५ हजार पुरस्कार
म्याग्दीको बेनी नगरपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार रुपियाँ पुरस्कार दिने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
घाँटी रेटिएको अवस्थामा पुरुष मृत फेला
घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक पुरुषको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा हिजो (मङ्गलबार) अपराह्न ५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
लागूऔषधसहित तीन जना पक्राउ
तनहुँ प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
सुरक्षित नागरिक आवासका लागि गाउँमै सम्झौता
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले गाउँमै पुगेर नागरिकको घर बनाउने सम्झौताको थालनी गरेको छ । नगरपालिकाले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनौट भएका लाभग्राहीहरुको सहजताका लागि वडामै गएर सम्झौताको सुरुवात गरेको नगरपालिकाले जनाएको छ ।
उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु
यही चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको हो ।
सार्क महासचिव नियुक्ति प्रक्रिया सुरु
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा नयाँ महासचिवको नियुक्ति प्रक्रिया सुरु भएको छ। सार्कको नियमअनुसार महासचिवको पालोमा अफगानिस्तान रहे पनि उसको वर्तमान सदस्यताको विषय सर्वस्वीकार्य नभएका कारण नयाँ महासचिव बङ्गलादेशका लागि प्रस्ताव भएको छ।
शाहसहित छ जना थुनामा
विदेशी नागरिकलाई समेत ठगी गरेर नेपालमा रकम ल्याएको अभियोग लागेका पृथ्वीबहादुर शाहसहित छ जनालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार सोमबार थुनछेक आदेश भएको हो। शाहसहितका अभियुक्तलाई कारागार कार्यालय जगन्नाथदेवल चलान गरिएको दाहालले बताउनुभयो।