• १३ असोज २०८१, आइतबार

लागूऔषधसहित तीन जना पक्राउ

blog

लागूऔषधसहित तीनजना पक्राउ । फाइल तस्बिर

अमरराज नहर्की
तनहुँ, चैत १ गते ।
तनहुँ प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले भैरहवाबाट पोखरा जाँदै गरेको ना ५ ख १८२ नं. को बस चेकजाँच गर्ने क्रममा बसमा सवार गरिरहेको अवस्थामा प्रक्राउ गरिएको बताउनुभयो । 

रुपन्देहीको सिद्धार्थ नगरपालिका– ६ पिपरैया बस्ने वर्ष ४० को महेस चमार र कारोबारमा संलग्न तनहुँ रिसिङ गाउँपालिका– १ सपाङदी बस्ने वर्ष २१ को आकाश गाहामगर र देवघाट गाउँपालिका–२ बैदी बस्ने वर्ष २१ को सुरज थापालाई नियन्त्रणमा लिइएको खाँडले जानकारी दिनुभयो ।

चमारको साथमा रहेको झोलाभित्रबाट लागूऔषध डाइजेपाम १०० एम्पुल, फेनरागन १०० एम्पुल, नुर्फिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागूऔषध फेला परेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, मगरको साथबाट लागूऔषध डाइजेपाम १५ एम्पुल, फेनारागन १५ एम्पुल र नुर्फिन १५ एम्पपुल जम्मा ४५ थान लागूऔषध फेला पारेको प्रनाउ खाँडले बताउनुभयो ।

तीनै जनालाई तनहुँ जिल्ला अदालत मङ्गलबार उपस्थित गराई १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।