उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो ।
तोकिएका अस्पतालको खर्च भुक्तानी हुने
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले तोकेका अस्पतालमा उपचार गराउँदा मात्रै खर्च बेहोर्ने व्यवस्था लागू गरेको छ । कोषले फागुन १ गतेदेखि कोषसँग सम्झौता गरेका अस्पतालमा मात्रै योगदानकर्ताले औषधि उपचारबापतको रकम दाबी गर्न पाउने व्यवस्था लागू गरेको हो । यसअघि भने योगदानकर्ताले जुनसुकै अस्पतालमा उपचार गराउँदाको खर्च कोषले उपलब्ध गराउँदै आएको थियो ।
तनहुँ १ मा कहिले होला उपनिर्वाचन ?
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ–१ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उपराष्ट्रपतिको निर्वाचनसम्म पर्खिने भएको छ। उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन–२ र तनहुँ–१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्नेगरी आयोगले आन्तरिक तयारी गरेको हो।
बिग्रिन थाले माइक्रोफिल्म
युगौँसम्मका लागि भनेर माइक्रोफिल्ममा सुरक्षित राखिएका ऐतिहासिक ग्रन्थ तथा लिखत बिग्रिन थालेका छन्। अभिलेखालयमा दुई लाखभन्दा बढी प्राचीन ग्रन्थ तथा लिखतका पोजेटिभ र नेगेटिभ गरी १८ हजार माइक्रोफिल्म छन्। तीमध्ये दुई सयवटा रिल पूर्ण रूपमा बिग्रिएका छन् भने करिब छ सय रिलमा समस्या देखिएको छ।
प्रधानन्यायाधीश सिफारिसमा कानुनी शून्यता
सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा चलेको १३ महिना पुगेको छ। २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा महाभियोग दर्ता भएयता अदालत कायममुकायमका भरमा चलिरहेको छ। वर्तमान सत्ता गठबन्धनमा रहेका बहुमत दलले त्यसबेला प्रधानन्यायाधीश जबरामाथि महाभियोग दर्ता गरेका थिए तर सात महिनासम्म प्रस्तावबारे कुनै निर्णय भएन। अदालत कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा चल्यो। असोज १७ देखि कार्कीले अवकाश पाएपछि पुनः हरिकृष्ण कार्कीले कायममुकायमको जिम्मेवारी सम्हाल्नुभएको छ। महाभियोग लागेका प्रधानन्यायाधीश जबराले मङ्सिर २७ गते उमेरहदका कारण अवकाश पाएको तीन महिना पूरा भइसके पनि अझै प्रधानन्यायाधीश सिफारिस हुने अवस्था छैन।
राष्ट्रपतिका जेलका साथी भन्छन् : पौडेल असाध्यै शालीन र सरल व्यक्ति
“म असाध्यै खुसी छु उहाँ (राष्ट्रपति रामचन्द्र पौडेल) को राम्रो सेवा गर्न पाएकोमा । जेलबाट निस्किएर सभामुख बन्नुभयो, पटकपटक मन्त्री हुनुभयो तर विगतको दुःख कहिल्यै भुल्नु भएन ।
मुख्यमन्त्रीद्वारा अस्पतालको आकस्मिक निरीक्षण
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक निरीक्षण अनुगमन गर्नुभएको छ ।
ओखलढुङ्गामा तीन वर्षमा एक्काइस दुर्घटना
ओखलढुङ्गामा सवारीसाधन दुर्घटनाका घटना बढेका छन् । विगतको तुलनामा पछिल्ला वर्षमा जिल्लामा सवारीसाधन दुर्घटना हुने क्रम बढ्दो छ ।
लोपोन्मुख डङ्गर गिद्ध मृत फेला
लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ ।